संखुवासभाको मादी नगरपालिका १ खोलागाउँमा सोमबार तेजबहादुर कार्कीको परिवारका ६ सदस्यको हत्या भएको घटना थप रहस्यमयी बनेको छ ।
घरमा भएको सुन, नगद तथा अन्य सामान कुनै पनि नचोरिएको हुनाले पनि यो घटना थप रहस्यमयी बनेको अनुसन्धानमा संलग्न अधिकारीहरुले जनाएका छन् ।
एउटै परिवारका ६ जनाको शव सोमबार विहान कुनै घरभित्र र कुनै बाहिर भेटिएको थियो ।
प्रहरीको विशेष टोली घटनाको अनुसन्धानका लागि त्यहाँ पुगेको छ । तर, प्रहरी र प्रहरीले लगेको कुकुरले पनि यसबारे खासै तथ्य बाहिर ल्याउन सकेनन् ।
सोमबार साँझ त्यहाँ लगिएका दुई कुकुरलाई स्निफिङ गराउँदा पनि कुनै संकेत फेला नपरेको प्रहरी अधिकारीहरुले बताएका छन् । सोमबार साँझ मात्र होइन, कुकुरलाई मंगलबार विहान पनि स्निफिङ गराइएको थियो ।
रातभर पानी परेकाले पनि यो घटनाबारे कुकुरले कुनै संकेत दिन नसकेको हुनसक्ने प्रहरी अनुमान छ ।
पिकु र लैला नामका यी दुई कुकुरले घटनाबारे संकेत नगरेपछि यसको अनुसन्धान थप गरिने प्रहरीले जनाएको छ । रातभर पानी परेकाले र घटना भएको स्थानमा मानिसहरुको भीड बढेकाले पनि यस्तो भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।