आजबाट सुरु हुने संघीय संसदको नवौं अधिवेशनमा दुई वटा नयाँ दल सहभागी हुँदैछन् ।
एमालेबाट विभाजित भएर बनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी र जनता समाजवादी पार्टीबाट विभाजित भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी औपचारिक रुपमा संसदमा प्रवेश गर्न लागेका हुन् ।
लामो समयको आन्तरिक विवादपछि यी दुवै पार्टी ९ भदौंमा निर्वाचन आयोगमा औपचारिक रुपमा दर्ता भएका हुन् ।
सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन अध्यादेश) मा पार्टी केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत संख्या पुगेमा पार्टी विभाजन गर्न सकिने प्रावधान पछि दुवै दल विभाजित बनेर नयाँ दल बनेका हुन् ।
सरकारले भने दल विभाजनमा सघाउने गरी अध्यादेश ल्याएको र प्रमुख प्रतिपक्षी दल विभाजन गराएको आरोप खेपिरहेको छ । संसदको आजैको बैठकमा सो अध्यादेश पनि पेश गरिँदैछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।