बाग्मतीमा मन्त्रिपरिषद विस्तार हुँदै, यी हुन् नयाँ बन्ने मन्त्री

बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज मन्त्रिपरिषद विस्तारको तयारी गरेकी छन् ।

गत २ भदाैमा मुख्यमन्त्री बनेकी शाक्यले यसअघि २ जनालाई मन्त्री बनाएकी थिइन् । तर एक जनाले राजीनामा दिएर माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा सामेल भइसकेका छन्।

शाक्यले पार्टी विभाजनमा नेपाललाई साथ नदिइ एमालेमै बसेका नेताहरूलाई समेटेर मन्त्रिपरिषद विस्तार गर्न लागेकी हुन् । उनले ५ जनालाई मन्त्री र चार जनालाई राज्यमन्त्री बनाउने तयारी गरेकी छन्। 

सिन्धुलीका प्रदीप कटुवाल, रामेछापका शान्तिप्रसाद पौडेल, काभ्रेका चन्द्र लामा, काठमााडाैंका अजय कान्ती, चितवनका विजय सुवेदी, दोलखाकी रचना खड्का, मकवानपुरकी जुनेली माया श्रेष्ठ, भक्तपुरकी सरस्वती वाटी र नुवाकोटका बद्री मैनालीलाई नयाँ मन्त्रिपरिषदमा सामेल गराउने तयारी गरेको बताइएको छ ।

नयाँ मन्त्रीहरूलाई आ​जै शपथ गराउने तयारी छ। एमालेको एकल बहुमतका आ​धारमा मुख्यमन्त्री बने पनि एमाले विभाजनपछि उनले बहुमत गुमाइसकेकी छन्। संविधानअनुसार उनले एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ । 





  • प्रकाशित मिति : भदौ २३, २०७८ बुधबार १२:१२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया