छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु

मोरङ, बारा र चितवनमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । 

मोरङको विराटनगर महानगरपालिका–१५ मा बिआर ३८ टि २१६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दुर्घटना हुँदा चालक भारत जोगबनीका कुन्दन साहको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३२ वर्षीय अर्जुन सिंहको सोही अस्पतालमा उपचार भइरहेको छ । 

बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ मा ना.६ ख २११० नम्बरको बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेको पैदलयात्रीको हाल नाम थर, वतन खुल्न सकेको छैन । पैदलयात्री अन्दाजी ४५ वर्षीय पुरुषको गएराति घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

चितवनको भरतपुर महानगरपालिका–१० मा लु.२ ख १५८२  नम्बरको बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङ बेसिशहर नगरपालिका–६ बस्ने २२ वर्षीय बिनोद अधिकारी रहेका छन् । उनको सोमबार राति मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै सोही बसको ठक्करबाट घाइते भएका लमजुङ बेसिशहर नगरपालिका–६ बस्ने २० वर्षीय महादेव भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





  • प्रकाशित मिति : भदौ २३, २०७८ बुधबार १३:१४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया