सावित्राको कमी महसुस हुने भए पनि हामी कमजोर छैनौँ : फिलिप्स

नेपाली महिला फुटबल टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले आफ्ना मुख्य स्ट्राइकर सावित्रा भण्डारीको कमी महसुस हुने भए पनि नेपाल कमजोर नभएको बताएका छन् । 

फिलिप्सले बंगलादेशसँगको मैत्रीपूर्ण खेल अघिको प्रिम्याच कन्फेरेसनमा भने, ‘प्रमुख स्ट्राइकर सावित्रा भण्डारी नहुनु नेपालका लागि ठूलो क्षति हो । उनको कमी महसुस त हुन्छ, तर हामी कमजोर छैनौँ । टोलीमा २३ बलिया खेलाडी छन् ।’

प्रशिक्षक फिलिप्सले एएफसी महिला एसियन कप छनोटअघि हुन लागेको बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेल निकै महत्वपूर्ण रहेको बताए ।

‘बलियो टोली नेपालसँग खेल्न पाउँदा निकै खुसी लागेको छ,’ बंगलादेशी कप्तान सविना खातुनले भनिन्, ‘कोभिडको महामारीकाबीच पनि मैत्रीपूर्ण खेलका लागि निमन्त्रणा गरेकोमा धेरैधेरै धन्यवाद ।’

बंगलादेशका प्रशिक्षक इस्लाम छोटोङले यो मैत्रीपूर्ण खेलले दुवै टोलीका लागि उत्तिकै महत्व राख्ने बताए ।  

नेपालले महिला एसियन कप छनोटको तयारीस्वरूप बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । यो खेल सेप्टेम्बर ९ (बिहीबार) र सेप्टेम्बर १२ (आइतबार) हुनेछ।



उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप छनोटको समूह ‘एफ’मा नेपाल,फिलिपिन्स र हङकङ छन् ।
 



  • प्रकाशित मिति : भदौ २३, २०७८ बुधबार १३:३९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया