सिंहदरबारमा सत्ता गठबन्धनको बैठक जारी
फाइल फाेटाे

सत्ता गठबन्धनको बैठक सिंहदरबारमा जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा केहीबेर अघि सुरु भएको बैठकमा गठबन्धनका शीर्ष नेताहरूको उपस्थिति रहेको छ । 

आज दिउँसो ४ बजे सुरु हुने प्रतिनिधिसभा बैठकअघि गठबन्धनको बैठक बसेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका माधवकुमार नेपाल, जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरू उपस्थित रहेका छन् । 

सहज रूपमा संसद चलाउने, मन्त्रिपरिषद् विस्तार, अमेरिकी सहयोग परियोजना एमसीसी लगायतका विषयमा बैठकमा छलफल हुने बताइएको छ ।





  • प्रकाशित मिति : भदौ २३, २०७८ बुधबार १५:३७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया