मन्त्रालयगत कार्यालय स्थापना गर्दै प्रदेश १ सरकार

प्रदेश १ सरकारले प्रदेशका १४ वटै जिल्लामा प्रदेशले दिने सेवा विस्तारका लागि मन्त्रालयगत कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले कृषकको सहजता र सेवाका लागि १४ वटै जिल्लामा कृषि ज्ञान केन्द्र र पशु विज्ञसहितको भेटनरी अस्पताल स्थापना गर्ने निर्णय गरेको हो । बैठकले सार्वजनिक सेवा गुणस्तरीय र प्रभावकारी बनाउने समेत निर्णय गरेको छ ।

बैठकले सर्वसाधारणलाई सहज सेवा दिनका लागि प्रत्येक जिल्लामा एकीकृत संरचना तयार गरि सेवा प्रवाह गर्ने निर्णय गरेको हो । प्रदेशभरका कृषकहरुको सहजताका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहने निर्णय गरेको हो ।

यस्तै बैठकले सामाजिक विकास मन्त्रालय अन्तर्गत १४ वटै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने निर्णय गरेको उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मण तिवारीले बताए  ।

भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत १४ वटै जिल्लाका पूर्वाधार विकास कार्यालय स्थापना गर्ने निर्णय भएको छ । यसअन्तर्गत सडक, सहरी विकास, झोलुंगे पुल तथा पक्की पुल लगायतका काम पर्छन् ।

यस्तै खानेपानी, सिँचाइ, ऊर्जा, जलस्रोतलगायत विषयका काम–कारबाहीलाई प्रभावकारी बनाउन १४ वटै जिल्लामा खानेपानी तथा जलस्रोत व्यवस्थापन कार्यालयको स्थापना गर्ने निर्णय गरिएको छ ।  



यसअघिको मन्त्रिपरिषदको बैठकले यातायात व्यवस्था र मालपोत कार्यालयको गुणस्तरीय सेवा प्रवाहका लागि अनलाइन प्रणालीमा सेवा प्रभाव गर्ने निर्णय गरिसकेको छ ।

जनतालाई घरदैलोमा गुणस्तरीय सेवा प्रवाह गर्ने कामलाई  प्रदेश सरकारले उच्च प्राथामिकतामा राखेको मन्त्री तिवारीले बताए । 



  • प्रकाशित मिति : भदौ २३, २०७८ बुधबार २०:९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया