काठमाडौं आइपुगिन् एमसिसी उपाध्यक्ष फातिमा

एमसिसी उपाध्यक्ष फातिमा सुमार काठमाडाैं आइपुगेकी छन् । कतार एयरलाइन्सकाे विमानमार्फत् बिहीबार बिहान साढे नाै बजे उनी सहायक उपाध्यक्ष जाेनाथन ब्रुक्सहित त्रिभुवन विमानस्थलमा ओर्लिएकी हुन् ।

एमसिसी परियाेजना कार्यान्वयन भएका देशमा वार्षिक रूपमा कार्यान्वयनकाे अवस्था बुझ्न उनी नेपाल आएकी हुन् । उनकाे भ्रमणमा विराेध प्रदर्शन हुन सक्ने आंकलन गर्दै सुरक्षा व्यवस्था कडा पारिएकाे छ ।

नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक-आर्थिक विकासका लागि भन्दै चार वर्षअघि नेपाल सरकार र अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)बीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट) मा द्विपक्षीय सम्झौता भएको थियो। 

सम्झाैतापछि एमसिसीबाट यो तहमा पहिलोपटक भएको भ्रमणलाई चासो र महत्वका साथ हेरिएको छ । अमेरिकी सरकारका तर्फबाट एमसिसी र नेपालका तर्फबाट अर्थ मन्त्रालयबीच सम्झौता भएको हो ।

नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि भन्दै चार वर्षअघि नेपाल सरकार र अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)बीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट) मा द्विपक्षीय सम्झौता भएको थियो। 

सम्झाैतापछि एमसिसीबाट यो तहमा पहिलोपटक भएको भ्रमणलाई चासो र महत्वका साथ हेरिएको छ । अमेरिकी सरकारका तर्फबाट एमसिसी र नेपालका तर्फबाट अर्थ मन्त्रालयबीच सम्झौता भएको हो ।



सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट प्राप्त हुने ५० अर्ब सहयोगलाई नेपालका राजनीतिक दलहरू नै विभाजित अवस्थामा छन्। 

यद्यपि उनीहरू एमसिसी परियोजनाका प्रक्रियागत प्रगतिबारे जानकारी लिन नेपाल आएका  हुन्।



परियोजनामा ४०० किलोभोल्ट क्षमताको ३१८ किलोमिटर लामो प्रसारण लाइन एवं तीन उच्च क्षमतायुक्त सबस्टेशन निर्माणमा केन्द्रित विद्युत् प्रसारण आयोजना र बढीमा ३०० किलोमिटर रणनीतिक सडकको मर्मतसम्भारका विषय समावेश गरिएको छ ।

नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ।

  • प्रकाशित मिति : भदौ २४, २०७८ बिहीबार १०:१५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया