(सम्पादकीय नाेट : १४औँ महाधिवेशनको काउन्टडाउन सुरु हुँदै गर्दा यतिबेला नेपाली कांग्रेसभित्र राजनीतिक सरगर्मी बढेको छ । पार्टी सभापतिदेखि केन्द्रीय समिति, प्रदेश, जिल्ला हुँदै वडास्तरसम्म यतिबेला कांग्रेसलाई महाधिवेशनले छोपेको छ ।
अब कांग्रेसले पाउने नेतृत्व कस्तो होला ? र, महाधिवेशनपछिको कांग्रेस कस्तो होला ? भन्ने प्रश्न जनमानसमा छ । त्यसो त कांग्रेस केन्द्रीय तहका नेताहरुलाई तल्लो तहका नेताले सुझाब पनि दिइरहेका छन् ।
फरकधारको यो शृंखलामा हामीले कांग्रेसका जिल्ला सभापतिहरुसँग महाधिवेशनपछिको कांग्रेस कस्तो हुनुपर्छ ? र, युवा नेतृत्वको सम्भावना के छ ? भनी सोध्नेछौँ । यसै क्रममा नेपाली कांग्रेस बाग्लुङका सभापति दीपेन्द्रबहादुर थापालाई हामीले यो शृंखलामा प्रस्तुत गरेका छौँ ।)
नेपाली कांग्रेसको अबको नेतृत्व सबैलाई मिलाएर लानसक्ने खालको हुनुपर्छ । लोकतन्त्रलाई मजबुद बनाउन सक्ने, राष्ट्रलाई समुन्नत बाटोमा डोहोर्याउने खालको नेतृत्व हामीले खोजेका छौं । राष्ट्रिय रुपमा एउटा समझदारी बनाउन सक्ने, पार्टीहरुमा एकता कामय गर्नसक्ने, विदेशी दातृ राष्ट्र तथा संस्थाहरुसँग राम्रो सम्बन्ध बनाउन सक्ने नेतृत्वको खाँचो छ ।
युवा नेतृत्वको बहस
१४औं महाधिवेशनमा युवाहरुको अहम भूमिका हुनुपर्छ भन्नेमा दुईमत छैन । युवा भन्दैमा उमेरले युवामात्रै भएर भएन । हुनुपर्यो के भने, युवाहरुको शक्ति, क्षमता र दक्षता पनि सशक्त हुनुपर्छ । परिपक्व मानिसहरुले पनि विचारमा युवापन ल्याउँछ भने त्यसलाई युवा मान्न सक्नुपर्छ । उमेरले युवा छ तर उसँग कुशल नेतृत्वमा हुनपर्ने गुण छैन भने त्यो युवामात्रै भनेर पनि हुँदैन । मान्छे ८० वर्ष भइसक्यो तर उसको क्रियाशीलता युवाको भन्दा बढी छ भने युवामै उसलाई गन्नुपर्छ । तर, १८ वर्षे युवा छ तर ७० वर्षजस्तो जाँगर नभएको भयो भने त्यसलाई स्वीकार्न सकिँदैन ।
संस्थाका लागि अत्यन्तै उर्जावान भएर, संस्था भएन भने हामी रहन सक्दैनौं भन्ने सोच बनाएर, संस्था र लोकतन्त्रलाई कसरी मजबुद बनाउन सकिन्छ भनेर लाग्नेहरु सबै युवा हुन् । काम र व्यवहारले उसको परिपक्वता हेरेर युवाहरुको मूल्यांकन हुनु अबको कांग्रेसका लागि अत्यावश्यक छ ।
परिवारवादको बहस
परिवारवादकै समस्या अझै पार्टीमा छ भन्न मिल्दैन । कहिलेकाँही के हुँदो रहेछ भने घर बनाउँदा कसैले जग खन्दिएको छ भने घर बनाउनका लागि सहज हुने रहेछ । कसैले जग खन्दिएको छैन भने फेरि तला थप्न गाह्रो हुन्छ । त्यसकारण हिजो जो लोकतन्त्र र राष्ट्रका लागि जेल नेल र ज्यानकै आहुती दिए उनीहरुका सन्तानहरु छिटो अगाडि आउनसक्छन् ।
उनीहरु अघि आए भन्दैमा परिवारवाद हाबी भयो भन्नपनि मिल्दैन । काम गर्ने मान्छेहरु परिवारभित्र वा बाहिरको जे भएपनि संस्थाको लागि मरिमेटेर लाग्नेहरुको मूल्याङ्कन हुनुपर्छ । प्रवृत्ति चाहिँ के देखिएको छ भने, मै खाउँ मैं लाउँ । यो सिद्धान्तबाट बाहिर हटेर हामी सबै मानव हौं सबैका लागि हामीले केही गर्नुपर्छ भन्ने भावना राख्नुपर्छ । यस्ता सोच राख्ने मान्छेहरु अगाडि बढ्छन् भने त्यस्ता साथीहरुलाई अगाडि बढाउन पार्टी कार्यकर्ताको कर्तव्य हो । हामीले कुनै व्यक्तिको क्षमतालाई चिनेर अघि बढ्न सक्यौं भने अवश्य पनि परिवारवको मात्र नभएर राष्ट्रकै हित गर्छ भन्ने मान्यता राख्नुपर्छ।
कसरी गर्ने महाधिवेशन ?
नेपाली कांग्रेस एउटा वैधानिक संकटमा आजको दिनमा छ । त्यसमा पनि वर्षातको समय र महामारीले आक्रान्त पारेको समय छ । अहिले सत्तामा पुगेको पार्टी भएकाले अत्यन्तै कठिन छ । सरकारमा पुगेको पार्टी जिम्मेवार नभएर महामारी फैलाउँदैछ भन्ने कुराको पनि ध्यान पार्टीका नेतृत्वले दिनुपर्छ । भेला, सभा गोष्ठी गर्नपर्ने कारणले अधिवेशन गर्दा कांग्रेसले महामारी फैलाउने भयो भन्ने कुरा छ । लोकतान्त्रिक पार्टी भएकाले अधिवेशन पनि समयमै गर्न सकेन भनेर पार्टीभित्र र बाहिरबाट आवाज आएका छन् । पार्टीभित्र गर्नपर्ने आवधिक निर्वाचन गर्नैपर्ने बाध्यता कांग्रेसलाई छ ।
कांग्रेसको वैधानिकता र महामारीको अवस्थालाई हेरेर दुवैलाई जोगाउनपर्नेछ । किनभने आफ्नै पार्टी अवैध भयो भने लोकतान्त्रिक पार्टीले सबैतिरबाट आक्षेप खेप्नुपर्छ । सत्तामा पुगेको पार्टीले सामाजिक दुरी कायम नगर्यो भने फेरि जनताको जिउधनप्रति गम्भीर भएन भन्ने आक्षेप खेप्नुपर्छ । यी दुवै समस्याकाबीच यतिबेला कांग्रेसले सन्तुलन मिलाएर नदी पार गर्नुपर्ने अवस्था छ । यो कांग्रेसको बाध्यता पनि हो ।
जसरी कांग्रेसमा वैधानिकता संकट आयो, भोलिका दिनमा नेतृत्वले समयमै सोच्नुपर्छ । जतिबेला अप्ठेरो पर्यो त्यतिबेलामात्र नेतृत्वले सोचेकोजस्तो देखियो । समयमै महाधिवेशन गर्ने कुरामा पनि कांग्रेसको इतिहासमा चाँही ४ वर्षमा महाधिवेशन गर्नपर्ने भएपनि हुन सकेन । अहिलेसम्म हुन सकेको छैन ।
अहिलेको नेतृत्वमा पनि ४ वर्षमै गर्ने खाका पहिल्यै दिएको भए सजिलो पनि हुन्थ्यो । ४ वर्ष सुरु हुँदै गर्दा महामारीको यो अवस्था आयो । त्यसकारण पनि समयमै अधिवेशन गर्न सकेन । अब आउने नेतृत्वले त्यसमाथि पनि सोच्नपर्ने हुन्छ । समग्र राष्ट्रको लागि अहिले जसरी कम्युनिस्ट पार्टीलाई सरकारमा पुर्याए । जनताप्रति उत्तरदायी नभएर एउटै हड्डीमा दुईवटा कुकुरले लुछाचुँडी गर्दा जनताले दिएको म्यान्डेट ३ वर्षमै भताभुङ्ग भयो । यो स्थितिबाट जिम्मेवार भएर कांग्रेसले सोच्नुपर्छ ।
यो राष्ट्र जसरी २४० वर्षको राजसंस्था गइसकेपछि अभिभावकबिहीन थियो । तर, अहिले अभिभावकको रुपमा कांग्रेस नै अघि लागेको छ । त्यो अभिभावकत्व कांग्रेसले गर्छ भन्नेखालको कुरा कांग्रेसको अबको नेतृत्वले बुझ्नुपर्छ ।
यही सिरिजमा यसअघि प्रकाशित अन्य जिल्ला सभापतिका यी विचार पनि पढ्नुहाेस्–
पार्टी र सरकारको नेतृत्वमा फरक–फरक व्यक्ति हुनुपर्छ –मुगु सभापति
पार्टीलाई सुढृढ र देशलाई समृद्ध बनाउने क्षमता अबको नेतृत्वमा देखिनुपर्छ–रौतहट सभापति
‘विधानमा क्रियाशील सदस्यता प्रमुख अंग भनेपछि मनपरी गर्न मिल्दैन’– सल्यान सभापति
‘राजनीतिलाई पेशा बनाउनु हुँदैन, समाजसेवा बनाऔं’– मकवानपुर सभापति
‘महाधिवेशन रोक्ने कुरा कल्पनाभन्दा बाहिरको’– राेल्पा सभापति
बिग्रिएका काम-कुराको दोष सभापतिलाई मात्र दिनुहुँदैन– गुल्मी सभापति
कांग्रेस बन्छु भन्नेलाई क्रियाशीलता विवादले रोक्नुहुन्न– पर्वत सभापति
७७ जिल्लालाई निर्वाचन केन्द्र मानेर नेतृत्व छानौँ, कार्यकर्तालाई पनि अपनत्व दिऊँ– कालिकोट सभापति
डोल्पा पुग्नै चार दिन लाग्छ, कसरी गर्ने महाधिवेशन ?– डोल्पा सभापति
युवाको बल र बुढाको बुद्धिबाट नयाँ नेतृत्व छान्नुपर्छ–जुम्ला सभापति
क्रियाशील विवाद समाधान भयो भनिएको छ, तर अन्योल कायम छ–बाँके सभापति
कांग्रेस समावेशी पार्टी हो, यसको नेतृत्व समावेशी हुनुपर्छ–अर्घाखाँची सभापति
अहिले नेपाली कांग्रेसको नेतृत्व गम्भीर हुनुपर्छ–म्याग्दी सभापति
अधिवेशनबाट व्यक्ति मात्र होइन, विचार पनि परिवर्तन हुन जरुरी छ–पाल्पा सभापति
कांग्रेस नेतृत्वले हेक्का राखोस्, हराउने–जिताउने हाम्रो हातमा छ–कास्की सभापति
कांग्रेसको मान्यता र सिद्धान्त करेक्सन गर्न आवश्यक छ– तनहुँ सभापति
युवा र ऊर्जाशील व्यक्तिलाई नेतृत्वमा अघि सार्नुपर्छ–लमजुङ सभापति
राजनीतिमा युवाको आवश्यकता छ, तर पुरानाको त्याग र तपस्यालाई बिर्सन हुँदैन– बारा सभापति
पार्टी ठूलो बनाउने नाममा जुनसुकै आस्थाका मानिसलाई भित्र्याउँदा विचलन आएको छ– रसुवा सभापति
म आह्वान गर्छु : सबै युवा मिलेर नयाँ नेतृत्वका लागि सोचौँ– मोरङ सभापति
क्रियाशीलताको विवाद अन्त्य नभए महाधिवेशनमा भाग लिँदैनौं– कपिलवस्तु सभापति
तेरो र मेरो भनेर क्रियाशीलको फाइल नै खोलिएन– सप्तरी सभापति
परिवारवादको विरोधमा सबै कांग्रेसीजन उभिनुपर्छ-सिरहा सभापति
‘भदौमा महाधिवेशन गर्न विधान संशोधन हुनुपर्छ’–गोरखा सभापति
विधान संशोधनका कारण महाधिवेशन हुन सकेन– ओखलढुंगा सभापति
‘अधिवेशन गर्न नसक्नु केन्द्रीय कमिटी र सभापतिको कमजोरी हो’–उदयपुर सभापति
‘वैधानिकता जोगाउनु ठूलो समस्या होइन’–ताप्लेजुङ सभापति
पार्टीमा युवा उमेरको आधारमा होइन, विचारको आधारमा हुनुपर्छ– पाँचथर सभापति
‘उमेरले होइन विचार र दृष्टिकोणले युवा नेतृत्व छान्नुपर्छ’–तेह्रथुम सभापति
‘वंशको आशीर्वाद होइन, कर्मको हिसाबमा नेतृत्व छनोट हुनुपर्छ’– चितवन सभापति
‘१४ औँ अधिवेशनबाटै युवाहरु आउँछन् भन्ने मैले देखेको छैन’– सर्लाही सभापति
‘पाका नेतृत्वसँगै पुस्तान्तरण जरुरी छ’– सिन्धुली सभापति
‘अर्काको फेरो समाएर नेतृत्वमा पुग्न सकिँदैन’– दोलखा सभापति
पार्टीको वैधानिकताका लागि पनि त्याग गर्न सक्नुपर्छ– रामेछाप सभापति
युवामा क्षमता देखिनुपर्यो, अनि मात्र नेतृत्वमा दाबी गर्नुपर्छ – पर्सा सभापति
चार वर्षमा हुनुपर्ने महाधिवेशन पाँच वर्षमा पनि गर्न नसक्ने यो कस्तो नेतृत्व ?—नुवाकोट सभापति
‘कांग्रेसको इतिहास संरक्षण गर्ने नेतृत्व आवश्यक छ’— काठमाडाैं सभापति
‘हामी संकटपूर्ण महाधिवेशनको मुखमा छौँ’— काभ्रेपलान्चाेक सभापति
‘युवाहरुले धारणा नबदल्ने हो भने नेतृत्वमा आउँदैनन्’— भक्तपुर सभापति
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।