कांग्रेस प्रवक्ता शर्माको महामन्त्रीमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका प्रवक्ता एवं सञ्चार विभाग प्रमुख विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । 

१०८औँ बिपी स्मृति दिवसको अवसरमा बिहीबार वृक्षारोपणका लागि सुन्दरीजल पुगेका शर्माले १४औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

शर्माले अब कांग्रेसले तीनवटा निर्वाचन जितेर देशलाई एउटा बाटोमा हिँडाउनुपर्ने बताएका छन् । उनले भने, ‘आज हामीले ७८ सालमा महाधिवेशन गर्दै गर्दा उम्मेदवारी घोषणा गरेर मात्र पुग्दैन, यो देशले बाटो लिने हो भने १५ वर्षको सपना परिकल्पना गर्न जरुरी छ ।’

बिपीले १५ वर्षमा देश बनाउँछु भनेर गरेको परिकल्पना र स्पिरिटलाई सम्बोधन गर्न आफूले उम्म्ेदवारी दिन लागेको उनले बताए । उनले भने, ‘आगामी महाधिवेशनबाट महामन्त्रीको जिम्मेवारीमा गएर यस्तो सपनाका साथ कांग्रेसलाई ड्राइभ गर्न चाहन्छु । ताकि कांग्रेसले लगातार तीनवटा निर्वाचन जितेर देशलाई एउटा बाटो दिनुपर्छ ।’





  • प्रकाशित मिति : भदौ २४, २०७८ बिहीबार २१:२९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया