कोरोना भाइरसबाट विश्वमा एकै दिन ९ हजार ३०४ जनाको मृत्यु भएको छ । पछिल्लो समयमा अमेरिकाका फेरि कोरोना संक्रमण र मृत्युदर बढेको छ ।
अमेरिकामा मात्रै पछिल्लो २४ घन्टामा १ हजार ८९९ जनाको मृत्यु भएको छ भने १ लाख ५८ हजार ४८५ जना संक्रमित थपिएका छन् ।
मेक्सिकोमा ८७९, ब्राजिलमा ७४७, रुसमा ७९४, इरानमा ५०५, इन्डोनेसियामा ३३४, भारतमा २६४, टर्कीमा २५७, मलेसियामा ३२३, थाइल्याण्डमा २२० जनाको मृत्यु भएको छ ।
विश्वमा पछिल्लो २४ घन्टामा ५ लाख ९६ हजार २६३ जना कोरोना संक्रमित थपिएका छन् । भारतमा २४ हजार १४८, ब्राजिलमा ३० हजार ८९१, बेलायतमा ३८ हजार, टर्कीमा २३ हजार, ८२१, इरानमा २६ हजार ८२१ जना कोरोना संक्रमित थपिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।