एमसिसी उपाध्यक्ष फतिमाले आज प्रधानमन्त्री देउवासँग भेट गर्ने

अमेरिकी सहायोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीले आज पनि भेटघाटलाई निरन्तरता दिँदैछन्। 

आज सो टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उच्च स्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । 

बिहीबार नेपाल आएलगत्तै उपाध्यक्ष फतिमासहितको टोलीले भेटवार्ता सुरू गरेको थियो। 

बिहीबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका नेतासँग भेटवार्ता गरेको थियो। 

भेटका क्रममा सुमारले एमसिसीलाई लिएर भइरहेको विवाद र यो योजना सैन्य रणनीतिअन्तर्गत नरहेको स्पष्ट पार्ने प्रयास गरेकी थिइन्। 





  • प्रकाशित मिति : भदौ २५, २०७८ शुक्रबार ८:९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया