सुजुकी मोटरसाइकल पोखरा प्रिमियर लिगको ‘एसोसिएट पार्टनर’ बनेको छ ।
शनिबार एक कार्यक्रमको आयोजना गरी आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा र भिजी अटोमोबाइलका बजार व्यवस्थापक नवराज कोइरालाले पार्टनरसिपसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।
नेपाली क्रिकेट इतिहासकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता हुने दाबी गरेको पिपिएललाई सुजुकी मोटरसाइकलको आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्सले प्रायोजन गर्ने सम्झौता गरेको हो ।
सम्झौताअनुसार, भिजी अटोमोबाइल्सले पिपिएललाई तीन थान मोटरसाइकल उपलब्ध गराउनेछ, जुन प्रतियोगिताका तीन विधागततर्फका उत्कृष्ट खेलाडीले प्राप्त गर्नेछन् ।
प्रबन्ध निर्देशक लामाका अनुसार प्रतियोगिताको प्लेयर अफ द सिरिज, बेस्ट ब्याट्सम्यान र बेस्ट बलरले १५५ सिसीको सुजुकी जिक्सर मोटरसाइकल हात पार्नेछन् । नेपाली क्रिकेट इतिहासमा विधागततर्फका उत्कृष्ट खेलाडीले मोटरसाइकल पाउन लागेको यो पहिलोपटक हो ।
आगामी ९ देखि २० कात्तिकसम्म पोखरा रंगशालामा चल्ने प्रतियोगितामा ६ टोली सहभागी हुँदै छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।