बालुवाटारमा सत्ता गठबन्धनका नेताबीच भेट, केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्दै
फाइल फाेटाे

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बोलाएका छन् ।

यो बैठकलगत्तै मन्त्रिपरिषद् बैठक बस्दै छ । आजको सत्ता साझेदार दलको बैठकमा मन्त्रिपरिषद् विस्तारलाई पूर्णता दिनेबारे छलफल भएको बताइएको छ । 
त्यस्तै, सत्ता साझेदार दलका नेताबीच अमेरिकी सहयोग एमसिसीबारे पनि छलफल हुँदैछ । 

एमसिसी उपाध्यक्ष फतिमा सुमार नेपाल आएको सन्दर्भ पारेर यो बैठक बस्नुलाई यससँग जोडिएको छ । एमसिसी उपाध्यक्ष सुमारले बिहीबारदेखि नेपालमा शीर्ष नेताहरुसँगको भेटघाट बढाएकी छिन् ।

सुमारले बिहीबार नै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई भेट गरेकी छिन् ।

शुक्रबार विहान फतिमाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरिन् ।





  • प्रकाशित मिति : भदौ २५, २०७८ शुक्रबार १०:२९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया