एमसिसी उपाध्यक्ष फतिमासँगको भेटमा प्रचण्डले के भने ?

अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) का उपाध्यक्ष फतिमा सुमार र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । 

माओवादी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा उपाध्यक्ष फतिमासहितको टोली पुगेको थियो । उनीहरुबीच करिब १ घन्टा कुराकानी भएको थियो । 

भेटका क्रममा अध्यक्ष प्रचण्डले आफूहरुले राष्ट्रिय सहमति निर्माण गरेर एमसिसीबारे निर्णय लिने बताएका थिए । 

भेटका क्रममा उपाध्यक्ष फतिमाले आफूहरु एमसिसी पारित गर्न दबाबका लागि नआएको बताएकी थिइन् । उनले एमसिसी परियोजनाका विषयमा देखिएको विवादका सन्दर्भमा प्रष्ट पार्ने कोशिस गरेकी थिइन् । 
 
 





  • प्रकाशित मिति : भदौ २५, २०७८ शुक्रबार १०:४८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया