पार्टी निर्वाचनलाई धाँधलीरहित र निष्पक्ष बनाउन सहयाेग गर्नुहाेस् : रामचन्द्र पाैडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले पार्टी निर्वाचनलाई धाँधलीरहित र निष्पक्ष बनाउन सहयाेग गर्नुहाेस् भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएका छन् ।

पाैडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत सभापतिकाे ध्यानाकर्षण गराएकाे जानकारी दिएका हुन्। 

पाैडेलले लेखेका छन्, ‘सभापतिको ध्यानाकर्षण ! पार्टी निर्वाचनलाई धाँधली रहित र निष्पक्ष बनाउन सहयोग गर्नुहोस् ! मेरो नेतृत्वमा महामन्त्री डा. शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह के.सी, डा मिनेन्द्र रिजाल र जीवन परियार सहितको टोलीले आज बिहान सभापति श्री शेर बहादुर देउवालाई वालुवाटारमा भेट गर्‍याैँ । सो अवसरमा पार्टीका क्रियाशील सदस्यहरूको छानबिन निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न होस् र पार्टीको महाधिवेशनमा राज्यको पुलिस र प्रशासनको दुरुपयाेग हुन नपाओस् भनेर ध्यानाकर्षण गरायौँ ।’

नेपाली कांग्रेसकाे १४ ‍औं महाधिवेशन आगामी मंसिर ९ देखि १३ सम्म काठमाडाैंमा हुँदैछ ।  





  • प्रकाशित मिति : भदौ २५, २०७८ शुक्रबार ११:४२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया