जनकपुरधाम – धनुषामा १० वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ ।
घटना औरही गाउँपालिका–१ मा भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
घरनजिकै दुर्गापूजाको मेला हेर्न गएकी बालिका मुनिषाकुमारी यादव शुक्रबार साँझ हराएकी थिइन् ।
आमाबुबाले बालिका हराएको प्रहरीमा खबर गरेका थिए । लगत्तै खोजजीमा निस्केको प्रहरीले औरही–२ का रामआशिष साहको धानखेतमा उनको शव भेट्टाएको थियो ।
अनुसन्धानका क्रममा औरही–५ परबाह मुखिया टोलका ३२ वर्षीय विनोद मुखियाले पैसा दिएर फकाएको सूचना पाएपछि त्यसैका आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनको बयानका आधारमा औरही–३ परबाहका ३० वर्षीय नथुनी पण्डित पनि पक्राउ परेका छन् ।
दुवैले अभियोग स्वीकार गरेको र घटनाको अनुसन्धान भइरहेको डिएसपी दीपेन्द्र शाहीले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।