शिवम सिमेन्टको विद्युत लाईन किन काट्दैन प्राधिकरण ?

प्रत्येक त्रैमासिकमा नेपाल विद्युत प्राधिकरणले महशुस उठाउन बाँकी रहेको विवरण पेश गर्छ । आवश्यक संस्थान र कम्पनीहरुलाई पत्राचार पनि गर्छ । तर, ठूला उद्योग जस्ले प्राधिकरणको पत्रलाई वेवास्ता मात्रै होइन वेइमानि ढंगले मन्त्री र प्रधानमन्त्री मार्फत विद्युत महसुलको रकम मिनाहाका लागि दबाब दिन लगाउँछन् उनीहरुमाथि कुनै कारवाही गर्दैन ।  

प्राधिकरणले विगतमा सामान्य व्यवसायी र जनताले विद्युतको महसुल नतिरेमा लाइन काटिदिने गथ्र्यो । ठूला व्यापारी तथा व्यवसायीको भने लाइन काट्ने हिम्मत गरेको छैन । 

अहिले मुलुकलाई सबैभन्दा धेरै विद्युतको महसुल नतिर्ने उद्योग शिवम सिमेन्ट हो । शिवमले  ​ नेपाल विद्युत प्राधिकरणलाई दुई अर्ब ३४ करोड रुपैयाँ विद्युत महसुल तिरेको छैन । हेटौँडा उपमहानगरपालिका–१६ स्थित कारखाना रहेको शिवम् सिमेन्ट उद्योगलाई प्राधिकरणले बारम्बार ताकेता गरे पनि महसुल तिर्न अटेर गर्दै आइरहेको छ । 

शिवमले प्राधिकरणलाई महशुल तिर्ने वा नतिर्ने भन्ने विषय मन्त्री परिषद्को निर्णयमा अड्किएको प्राधिकरणकै उच्च अधिकारीले बताए । लक्की ग्रुप अन्र्तगत शिवम सिमेन्ट सञ्चालनमा आएको हो । ठूला व्यवसायी सतिशकुमार मोर लगायतको लगानी रहेको छ ।  

सतिशकुमार मोरले यस विषयमा आफूले बोल्न नमिल्ने फरकधारलाई बताए ।  ‘लक्की ग्रुपको अध्यक्ष हुँ । हाम्रो ग्रुप अन्तर्गत नै उद्योग सञ्चालन हुने हो,’ उनले फरकधारसँग भने, ‘यो विषयमा अहिले केही नबोलांै।’ 

सन् २००९ मा हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले जर्मन प्रविधिबाट चुनढुङ्गाकोे प्रयोग गरी क्लिंकर र शिवम् सिमेन्ट उत्पादन गर्दै आइरहेको छ । ​शिवम्ले विद्युत महसुल नतरिको लामो समय भइसक्दा पनि प्राधिरकरणले न लाइन काटेको छ न पैसा असुल्न नै । 



प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले पनि यस विषयमा आफू एक्लैले कुनै निर्णय गर्न नसक्ने बताउ । माथिल्लो निकायबाट निर्णय नभएसम्मका लागि शिवमको लाइन काट्न नमिल्ने उनको भनाई छ । 

 ‘सिधै मन्त्री र प्रधानमन्त्रीसँग गाँसिएको हुन्छ । यो विषयमा मन्त्रीपरिषद्बाट निर्णय गर्नु पर्छ,’ घिसिङले भने, ‘यस्तो अवस्थामा प्राधिकरणले लाइन काट्न मिल्दैन ।’ 
प्राधिकरणले महसुलबापतको रकम तिर्न उद्योगलाई पटक पटक पत्र पठाएपनि हालसम्म रकम नतिरेको नेपाल विद्युत् प्राधिकरण वाग्मती प्रदेश डिभिजन कार्यालय हेटौँडाका प्रमुख शशिभुषण साहको भनाई छ । 



  • प्रकाशित मिति : भदौ २५, २०७८ शुक्रबार १५:१८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया