इंग्ल्यान्ड र भारतबीचको पाँचौ टेस्ट स्थगित

इंग्ल्यान्ड र भारतबीचको पाँचौ तथा अन्तिम टेस्ट स्थगित भएको छ । कोरोनाका कारण खेल स्थगित गरिएको इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट संघ (इसिबी)ले जनाएको छ ।  

भारतीय टोलीको एक स्टाफमा कोरोना संक्रमण पुष्टि भएसँगै शुक्रबार (आज)बाट म्यानचेस्टरमा सुरु हुने तय भएको टेस्ट स्थगित गरिएको हाे । 

पाँच खेलको टेस्ट सिरिजमा भारत २-१ ले अगाडि छ । 

वर्षाले प्रभावित पहिलो टेस्ट बराबर हुँदा भारत दोस्रो र चौथो तथा घरेलु टोली इंग्ल्यान्ड तेस्रो टेस्टमा विजयी भएका थिए । 
 





  • प्रकाशित मिति : भदौ २५, २०७८ शुक्रबार १५:४९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया