सरकारले कोरोनाविरुद्ध खोप खरिदका लागि थप पाँच अर्ब विनियोजन गरेको छ।
प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकाबीच अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट प्रस्तुत गर्दै कोरोना भाइरसविरुद्ध खोप खरिदका लागि थप पाँच अर्ब विनियोजन गरेको बताए ।
अर्थमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली सरकारले ल्याएको बजेट अध्यादेश स्वीकृतिका लागि पेस गरेका थिए । अध्यादेश प्रतिनिधि सभाको बहुमतले स्वीकृत गरेसँगै नयाँ बजेट ल्याउने बाटो खुलेको हो ।
अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गरिरहँदा एमालेका सांसदहरूले भने नाराबाजी जारी राखेका छन् । अहिले पनि संसदमा नाराबाजी जारी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।