[व्यक्तिनिबन्ध] ​ग्वगंको गहिराइमा न्यातापोल
श्रीओम श्रेष्ठ रोदन
फरकधार / २६ भदौ, २०७८

सकिन्छ चिन्न सजिलै हेर्नसक्यो भने मान्छेलाई । हेर्नुपर्छ गहिरिएर आँखामा एकछिन । भनिन्छ आ“खाले मनलाई देखाउ“छ । केही हुँदैन देख्न बाँकी देखेपछि मान्छेको मन । नहुन पनि सक्छ अहिले ठ्याक्कै । बढ्न थालेको छ प्रदूषण आँखामा वातावरणको भन्दा पनि । धोका पाइरहेका छन् आँखाले गर्दा नै मान्छेहरु । भइरहेका छन् बेइमान मान्छेहरु । 



आँखा भनेकै अभिनय । हुनथालेको छ अभिनय भनेकै आँखाजस्तो । देखिन्छ तेजेश्वरबाबु ग्वंगको आँखाबाटै । देखिन्छ सीधै उहाँको मनलाई । त्यस्तै लाग्छ उहाँको आँखामा हेर्नु र गहिरो सुरुङमा पस्नु । हुन्छ अनुभव उज्यालोको पनि । भ्रमले नै झलमल्ल । उज्यालो मनको । अनुभवको पनि उज्यालो । आत्मीयताको उज्यालो झन् बढी ।

हुनुहुन्छ उमेरले साढे आठ दशकपारि । देखाउनु हुन्न पटक्कै व्यवहारले र सक्रियताले पनि । छ लेखनमा त्यस्तै । छ नसेलाउने उत्साह । छ उर्जा सबैमा ।  देखिँदैन उमेर कतै पनि उहाँको । छ गोप्य ढुकुटीभित्रको गहनाजस्तो ।

 गाहे मान्छन् समवयकाहरु वर्षमा एक दुई रचनामा पनि । लेख्नुहुन्छ हप्तामा तीन वटासम्म तेजेश्वर दाइका । छापिन्छन् अखवारमा त्यसरी नै । कति हो कति उत्साह पनि । सक्दैनन् युवाले पनि । भरिपूर्ण भएपछि ज्ञान र अनुभवले । हुने यस्तै  होला सायद । भरिएपछि पोखिनैपरेजस्तै । घचघचाएपछि व्युँझिनैपरेजस्तै । बोकेपछि अक्षरको भारी । परिहाल्छ नै बिसाउन । भनेको पनि छु  ‘ एक्लै हुनुहुन्छ यो उमेरमा यत्तिको सक्रिय हुने तपाईं एक्लै । जित्नुभएको छ तपाईँले समकालीनहरुलाई । जित्नुभएकोे छ युवाकालीनहरुलाई पनि । ’ 



बस्नुहुन्छ भक्तपुरको निष्ठा छेँमा । ललितपुरको झम्सिखेलमा म । टाढा होइन साधनको लागि यो दूरी । गर्नुहुन्छ सधैँ निम्ता । बिछ्याउनुहुन्छ दैलोमा स्वागतका आँखा । हुनसक्ला टार्नेहरुका लागि नपुगिने दूरी । रहर गर्ने मजस्ताका लागि पनि दिँदैन रहेछ भनेको बेला समयले साथ । नाघेको छु आँगन पटकपटक । भेटेपछि तपाईँसँग पुग्दैन थोरै समयले मलाई । बस्दा पनि घण्टौँ । लाग्छ जहिल्यैै हतारिएर फर्किनु परेकोजस्तो । भकारीबाट भोकाएर फर्किनु परेजस्तो । सुनुँ लाग्छ धेरै  तपाईंका​ कुरा । अनुभवका कुरा । साहित्यका कुरा र संस्कृतिका कुरा । चाडपर्व र परम्पराका कुरा । संस्कृति र आफ्नोपनका कुरा । 

पर्दैन नजिकै भइरहनुु तपार्इँसँग भेट हुन । सुनिनुहुन्छ कहिले एफएम रेडियो भएर । देखिनुहुन्छ कहिले टेलिभिजन भएर । पढाउनुहुन्छ कहिले पत्रिका भएर । सञ्चारमैत्री हुनुहुन्छ तपाईँ । रहर गर्दैमा कसैले पाउने कुरो हो र यो ? धन्य भएका छन् माध्यमहरु पनि ,तपाईँ भएर समाजलाई सुुसूचित गर्न पाएकामा ।

गराउँछ भेटप्रायः प्रविधिले नै तपाई मलाई । तपाई र अरुलाई । हुन् कुरा हुने जहिल्यै साहित्य र संस्कृतिका नै । बहकिन थालेपछि विषयमा बिर्सन्छौं सबैलाई । सम्झाउँदैन घडीले पनि समयलाई । 

उठ्दा सन्दर्भले कुनै विषय । लेख्छु यसैमा भनेर । भएको छ लेख्न पनि । ‘भनौँ कि नभनौँ ’ निबन्धकृतिको अन्तरक्रिया गर्न । लगाएको थिएँ हातमा एक हप्ताअघि । लेख्नुभो निबन्ध नै शीर्षकीय निबन्धमाथि । सुनाउनु भो त्यही दिन छापिएको पत्रिका हेरेर । भुतुक्कै भएको थिएँ तपाईँको द्रुततामा । माया गर्नुको पनि सीमा हुन्छ नि दाइ । के ठाने होलान् –सक्छु भन्नेहरुले , लेख्छु भन्नेहरुले । 

हुँदैन सबैमा सामथ्र्य । विषय पाउनासाथ लेख्नसक्ने । रित्तै मन बोक्नेहरु छैनन् कोही यो समाजमा । जन्मेकै मानिस देखिने अनुहारभन्दा नदेखिने भारी बोक्नका लागि । पढाइका भारी । ज्ञानका भारी । अनुभवका भारी । व्यवहारका भारी । दुःखका भारी । सुखका पनि भारी । हुन्छन् भारीभित्र प्रत्येक मानिसका पहाडजस्ता कथाव्यथा । उभिन्छन् कोही लुकाएर । हुन्छन् कोही भारीले थचक्कै । 

देखाउँदैनन् ह्वाङ्गै त मनै नहुने पहाडले पनि । खोज्दैनन् देखाउन भित्रसम्म कसैले पनि । कोतरेपछि देखिन्छन् बल्ल चट्टान पनि । निस्कन्छ खनेपछि बल्ल खानी पनि । जान्नेले मात्र हो आफूलाई छोपेर देखाउनसक्ने । कोही गीत भएर । सङ्गीत बनेर कोही । बनेर कोही अक्षर । कोही व्यक्त हुन्छन् चित्र भएर । 

बीज हो यस मामलामा तपाईँ । बीज सदावहारको । पाउनासाथ अलिकति माटो टुसाइहाल्ने । झाङ्गीहाल्ने र दिइहाल्ने फल पनि । बीऊ हो अक्षरको तपाई । विषयको पनि बीऊ । लेख्नुहुन्छ सानो विषयमा पनि गम्भीर निबन्ध । हो तेजेश्वरको तेजको कला । आप्mनोपन हो तेजश्वर हुनुको । भक्तपुरे हुनुको कला ।  मौलिकता निष्ठा छेंँ हुनुको पनि ।

दिन थियो कुनै समय थियो । युगकवि सिद्धिचरणकहाँ नपुगेको दिन हन्थेन मेरो । हुनुहुन्थ्यो खुसी भर्‍याङ उक्लिनासाथ ओमबहालको । लगाउनुहुन्थ्यो पढ्न । दिनुहुन्थ्यो एउटा किताब । भरिएको हुन्थे सधैँ निस्कँदा । जान्थे व्यचित कहाँ पनि । धाएको छु व्यथितै हुनेगरी शुभकामना लेखाउन । सुनाउनुहुन्थ्यो कविता हरेक पटक । दिनुहुन्थ्यो तारिख अर्को पटकका लागि । भएन कहिले सम्भव । 

पाएको छु धेरै अग्रजहरुको सद्भाव । सहयोग र प्रोत्साहन पनि । पाएको छु स्यावासी र आशीर्वाद पनि । अनौठो पनि लाग्छ र गर्व पनि लाग्छ । साहित्यका प्रारम्भिक पाइलाहरु प्रति । छन् धेरै पातलिंदै गएका स्मृतिहरु । जोडिएको छु बाक्लोसँग तपाईँसँग । लाग्छ यस्तै मलाई । होस् भ्रम नै भए पनि । 

हुनुहुन्छ अक्षरका धनी असाध्यै । हुनुहुन्छ संस्कृतिका विज्ञ । अनुभवका धनी हुनुहुन्छ देशविदेशका । आतिथ्यका धनी पनि हुनुहुन्छ तपाईं नै । हुनसक्छ सबैभन्दा धेरै र प्रतिष्ठित स्रष्टाहरु पुगेको आँगन तपार्इँकै । रमाउँछन् अग्रज र समकालीन अक्षरकर्मीहरु । गर्नुहुन्छ सत्कार हामीजस्ता अनुज पुस्ताकालाई पनि रहरले नै । संस्कार नै बनेको छ तपाईको । भन्नुहुन्छ , यसैमा छ आनन्द मलाई । जान्नुहुन्छ सुख खोज्न तपाईँ । खर्चेर आफूलाई आनन्द लिन जान्ने अरु भएर ।

समय छ भरिएकाभन्दा छचल्किएकाको । छन् पाइरहेका महत्व पनि तिनीहरुले नै । लगाउनुहुन्न आँखा त्यतापट्टि । गरिरहनुहुन्छ साधना । राखिरहनुहुन्छ सद्भाव सबैमा । भएर भक्तपुरे मात्र होइन तेजेश्वर दाइ । बन्नुभएको छ न्यातापोलजस्तो भक्तपुरकै । गर्नसकेन केही त्यत्रो विनाश गर्ने भुइँचालोले पनि । धरोहर हो एउटा विशिष्ट कलाको कामको । कला हो कालजयी मल्लकालको । भूकम्प प्रतिरोधी बनाउने त्यो कालको दूरदर्शिता । अद्भूत पनि आश्चर्य पनि ।

लागेको हो त्यसैले तेजेश्वरजस्तै न्यातापोल । न्यातापोलजस्तै तेजेश्वर । पाँच तलाको छ देखिने गरी न्यातापोल । बनेको छ जग नदेखिने गरेर पनि पाँचैतलाको । पाँचतलाको लागि पाँचैतले जग । त्यस्तै हुनुहुन्छ तेजेश्वर दाइ पनि । देखिने उचाइ छ फिटको पनि हुनुहुन्न । नदेखिने पनि त्यतिकै उचाइ छ उहाँभित्र । बरपिपलका नदेखिने जराजस्ता । न्यातापोलको गजुरजस्तै न्यातापोल । छ अनुभव उहाँभित्रको उहाँजस्तै । खोज्नुहुन्न त्यसैले पूर्णतामा देखाउन आपूmलाई । अमूल्य खानी नदेखिएजस्तै बाहिर माटोमा । नखोज्नु भएर हो उहाँ नदेखिनुभएको पूरै । हुनुहुन्छ उत्खनन गर्न बाँकी महत्वपूर्ण इतिहासजस्तै । पस्नसक्नेले मात्र देख्नसक्छ । बुभ्mनसक्छ तेजेश्वरभित्रको तेजेश्वरलाई ।

व्यक्तिनुहुन्छ छोटाछोटा वाक्यमा । देख्दा अपूर्ण वाक्यजस्ता । केही मूर्त केही अमूर्त पनि । गल्तीजस्ता व्याकरणले नाप्दा । हुन्छन् छोटामा नै लामा मर्म । हुन्छन् परिभाषित हराउँदै गएकाका परिचय । हुन्छन् महत्वपूर्ण साहित्यिक सन्दर्भहरु । हुन्छन् त्यही अपूर्णतामा । भेट्छन् खोज्नेले खोजेजति । 
 सम्भावना भनेकै हुन्छ अपूर्णतामा । हुन्छन् सम्भावनाका जुलुस बोकेका अक्षरहरु  निबन्धमा । हुन्छन् झ्यालढोका खुल्ला भएका अक्षरहरु । लगाइदिइहाल्छ पूर्णविराम पूर्णताले । बन्द गरेको सिसीजस्तै । भन्दैनन् केही नबुभ्mनेहरु । खैके खैके भन्छन्  बुभ्mन नचाहनेहरु । लिन्छन् स्वाद मिठो मानेर बुझ्नसक्नेले । हो यही नै तेजेश्वरनिबन्धको मौलिक स्वाद । 

गर्नुभएको छ निबन्ध नै जीवनमा धेरै । बोकेको पनि निबन्ध ,बोकाएको पनि निबन्ध । बाँचेको पनि निबन्ध । भएको छ उस्तैउस्तै । भक्तपुर भने पनि । निष्ठा छेंँ भने पनि । तेजेश्वर भने पनि । निबन्ध भने पनि । संस्कृति भने पनि । लाग्छ उस्तैउस्तै ।

अक्षरले चिनेको मैले । शब्दशक्तिलाई सम्झेको मैले । ज्ञानी भएर मानेको मैले । अहम् नभएर मनपराएको मैले । हार्दिकतालाई सम्मान गरेको मैले । सकारात्मक सोचलाई श्रद्धा गरेको मैले । उर्जा दिने व्यवहारलाई नतमस्तक गरेको मैले । 

पचासको प्रारम्भतिरै हो प्रवेश गरेको निष्ठा छेँ मैले । भएको थिएँ प्रभावित पुस्तकालयका पुस्तक र रचनागत फाइल व्यवस्थापनबाट । किनेको थिएँ फाइलहरु दैलो नटेक्दै त्यही दिन । भित्र्याएको थिएँ झम्सिखेल रचना व्यवस्थापन कला । निष्ठा छेँबाट नै मैले । 

लिएर गएको थिएँ एकपटक विद्वान् स्रष्टा मोदनाथ प्रश्रितलाई मोटरसाइकलमा । थियौँ कोठामा हामी तीनजना । बनेको थिएँ स्रोता मात्र म । भएको थियो कुरा संस्कृतिबाट । भए त्यसपछि कुरा भूगोल , इतिहास र समाजको । हुँदै विश्वका संस्कृति ,जाति ,साहित्यका कुरा । हुन्थ्यो बहस तर्कसहित जुन विषय उठ्दा पनि ।  । भुतुक्कै भएको थिएँ उहाँहरुको ज्ञान र विद्वताबाट । बन्नपाएको छैन आजसम्म दोहराए त्यस्तो स्रोता शास्तार्थको ।

 देखिनुहुन्छ जुनसुकै झ्यालबाट चिहाउँदा पनि । संस्कृति नेपाली र नेवारीमा तेजेश्वर दाइ । नजानेको केही नभएजस्तो । नबुझेको पनि केही नभएजस्तो । सक्नुहुन्छ व्याख्या गर्न जुनसुकै विषयलाई पनि विज्ञानसम्मत । हुनुहुन्छ भारी विद्वताले । भएर पनि हुनुहुन्छ सरल र सोझो । छैन तौलने कुनै ढक तराजु उहाँलाई । 

सम्झन्छु घटना एक दिनको । ढाँटेर पनि गर्नु भएको थियो विश्वास । निर्णायक थियौँ हामी राष्ट्रव्यापी निबन्ध प्रतियोगिताको । राजेन्द्र सुवेदी सर, एक जना प्राडा सर र म । जाँदै थियौँ उपत्यकाबाहिर अन्तिम निर्णयका लागि । आइसकेको थियो गाडी मकहाँ बिहानै । बाँकी दुईजनालाई जोड्ने जिम्मा थियो मेरो । फोन गरेँ  गाडीमा बस्नुअघि नै तयारीका लागि प्राडा सरलाई । देखेको थिइनँ घर । पाँच पटकजति फोन गरेपछि पुगेंँ घरमा । थिएन  तयार हुनुभएको । हतारो गरेंँ मैले । बस्न लगाउँदै आँगनको मेचमा भन्नुभयो – ‘हेर तिमीलाई फोनमा किन भनुँ भनेर घरमा नै डाकेको ,खासमा म त्यहाँ जान्न । ल तिमी जाउ अब । ’

भएँ छाँगाबाट खसेजस्तो । उठ्यो रिस पनि । गरेँ अनुनय नै । सार्वजनिक गर्नुपर्ने थियो निर्णय । हुन्छ ठूलो धोका भनेंँ । भन्नुभो उल्टै त्यो मेरो समस्या होइन मलाई के मतलब । निस्किएँ निरीह भएर । 

हुनुहुन्थ्यो कोटेश्वर राजेन्द्र सर । फोन गरेँ तेजेश्वर दाइलाई ढाँटेर । आयोजकले अस्ति नै जिम्मा दिएको भनेर । भनेँ मैले बिर्सेको भनेर पनि । आउँदै रहेछ त्यही दिन विदेशी पाहुना । हार्न सक्नुभएन अनुनयलाई । बाहिर निस्किनुभएको थियो हामी पुग्दा । पानीपानी भएको थिएँ उहाँप्रति । कहाँ हुँदोरहेछ मानिस त्यत्तिकै महान् ? देखाउने रहेछ व्यवहारले सरलता र शालिनता । 

नजिकिरहन चाहेको त्यत्तिकै होइन तेजेश्वर दाइसँगै । छहारी खोजेको उहाँको  विशाल छातीको । दिने धोका एकजना विद्वान् । हप्ताअघि नै भएको पक्कापक्कीलाई । अप्ठ्यारोबाट उम्काइदिने अर्का सज्जन । बोलेको भए पनि झूठो गर्नुभाथ्यो विश्वास सजिलै । लाग्छ छक्क कहिलेकाहीँ उहाँलाई देखेर ।

अनुभव छ ठूलै जीवनयात्राको । होलान् अरु पनि धेरै तपार्इँजस्ता उमेरका । चलाएकै हुन्छन् जीवन सबैले र चल्छ पनि । होइन बाँच्नु र चल्नु मात्र जीवन ।  भन्ने धेरैले हो यही । उमेरले मात्रै बाँच्नु हो परिवारका लागि मात्र । भन्छन् बुभ्mनेहरु होइन बाँच्ने उमेरले । सक्दैनन् सबैले बाँच्न उमेरले बाहेक । सजिलो छैन पटक्कै । जन्मिन पो छ सजिलो मान्छे भएर । पुगिहाल्छ बसे आमाको गर्भमा नौ महिना । बाँच्ने यात्रा त सुरु हुन्छ त्यसपछि । सहजजस्तै लाग्ने कठिन यात्रा । जहाँ निरन्तर चालिरहनु पर्छ पाइतालाहरु । बाँच्ने समाजमा र बाँच्ने मरेपछि पनि ।  गरेजस्तो आप्mनो काम । गरिरहने समाजको काम नै । 

नून खानुभयो सरकारी चौतीस वर्ष । मान्नुभो धर्म नूनको । गर्नुभएन बेइमानी  नूनको । थियोे हातमै डाडुपन्यु । चलाएको भए हुन्थे होलान् धेरै निष्ठा छेँ । हुन्थे होलान् छानीछानी गुड्ने गाडीहरु ग्यारेजमा । भएन चाहनु केही पनि । नहुने केही थिएन दरवारका खरदार सुब्बाले भनेपछि । राजाले धाप मारेको मान्छे तपाईं​ । पुग्थ्यो गुनासो,रहर ,इच्छा जे चिताए पनि । वंश नै नाश हुनुभन्दा दुई हप्ताअगाडि घरमा नै आउने राजदम्पति तपाईको । न पद ,न शक्ति ,न सम्पत्तिको । गर्नु भएन केहीको पनि मोह । हुनुभएको रहेनछ त्यत्तिकै तपाईं​ तेजेश्वर ,तेजको ईश्वर ।

भए राजाका नजिक धेरै । शक्तिको नजिक धेरै । सत्ताको नजिक पनि धेरै नै । भए पनि जति जना । बन्नसकेनन् एकजना पनि तेजेश्वरजस्ता । संस्कृतिका साधक भएजस्तै । निबन्धका साधक भएजस्तै । जागिरका पनि साधक तपार्इँ । गर्नुभएन दुरुपयोग केही । सार्थक भएको छ जीवन पनि त्यसैले । 

खोप्रिगं मल्लकालको । खोप नेवारी नाम । भादगाउँ पुरानो नाम । अहिलेकोे भक्तपुरलाई कविताकृतिको शीर्षक बनाउनुभो – ‘ चराको गुँडझैंँ जन्मस्थल मेरो भक्तपुर’ । भन्नुहुन्छ त्रिकोण कोणैकोणको । तन्त्रयुक्त भएकोले भक्तपुर ।
 

प्रत्येक कोणमा गणेश स्थापना गरिएको भन्नुहुन्छ । छन् पूर्वमा संला गणेश । उत्तरमा छुमा र दक्षिणमा गोल्मढी गणेश । नगरबाहिरसमेत पूर्वमा कमलविनायक । दक्षिणमा सूयविनायक । पश्चिममा चोङ्गा गणेश । थाहा होला कतिलाई ? जन्मे हुर्केको भए पनि भक्तपुरमा नै । कति छन् कति यस्ता तपाईँले लेख्नुभएका । संस्कृतिलाई अक्षरमार्फत संरक्षण गर्नुभएको । हुँदै हो मुलुकका लागि । धन्य बनाउनुभएको छ भक्तपुरेलाई पनि ।

कुरा के गर्नु संस्कृतिको तपाईंसँग । छजस्तो लाग्दैन तपार्इँको ज्ञान र योेगदानलाई न्याय गर्ने कुनै शब्द नै । न जोख्न सकिने कुनै ढक तराजु नै ।  न भर्न मिल्ने कुनै मानापाथी नै । लाग्छ गुगलजस्तो तपाईँ नेपाली संस्कृतिको । जे खोजे पनि पाइहाल्ने तुरुन्तै । 

लेख्नुभएको छ ‘संस्कृतिका आयाम ’ संस्कृति नै बनेर । ‘अवकाशपछिको आकाश ’मा पनि डुब्नुभएको छ संस्कृतिमा नै । संस्कृतिलाई नै साक्षी राखेको छ ‘औकातभरिको सौगात’ । रङैरङको संस्कृतिमा डुबेर छ ‘रङ अविज्ञान’ को उपहार ।

निकाल्नुभाथ्यो दस सालमा नै परोपकार पत्रिका ‘प्रेम’ । भएछ अक्षरसंग बिताएको सत्तरी वर्ष । निकालेको भए हुन्थे कति दर्जन निबन्धका कृतिनाम । लेख्ने मात्र तपाईँ । नखोज्ने प्रकाशन ? न खोज्ने प्रचार नै । न खोज्नुहुन्छ मूल्याङ्कन नै ।

छ साजगीपन । छ इमान्दारी र सोझोपन तपाईमा । देखिँदैन अहिलेको बजारले मूल्य राख्नसकेको । उपभोक्ता समाज छ अहिले । केही नहुनेले पनि देखाउन मिल्ने धेरै । जेसुकै भए पनि भित्र । टल्किने चाहिने भएको छ बाहिर । 

जमाना छ अहिले त्यस्तै । नठाने पनि अरुले केही । राखेर मूल्य आपैm । गर्ने प्रचार पनि आपैm । हुँदाहुँदै पनि तपाईं​ । बन्नुभएको छ तपाई नै । हल्ला गरेर बेइमानी गर्न नसक्नेहरुका लागि । उदाहरण बन्नुभएको छ र आदर्श पनि । भएको छ यही तेजेश्वरबाबु ग्वगं हुनुको अर्थ ।

हुनुहुन्छ पक्का बोलीमा । पक्का व्यवहारमा पनि । हुनुहुन्छ विचारमा पनि पक्का । लवाइ नेपाली पोशाक सधैँ । खुवाइ नेपाली नेवारी । सोचमा सकारात्मक । भएर यही पो हो कि नलागेको बूढ्यौली । होला यही नै बाँच्ने कला । आर्ट अफ लिभिङ भनेको पनि होला यही ।

लालायित भएको त्यसै होइन म । देख्छु जहिल्यै तपाईँसँग भेट हुँदा अलिकति इतिहास । चिन्छु अलिकति संस्कृति । भेट्छु स्रष्टा । बुभ्ःछु निबन्ध । बन्नुहुन्छ मेरा लागि आनन्दको क्याप्सुलजस्तो तपाई ।

लागिरहन्छ मज्जा । पाएपछि व्यवहार आत्मीय । छु नजिकैजस्तो । भन्छन् भेट्ने अरु पनि त्यसै । कस्तो प्रेम हो तपाईँको कुन्नि ? नजिकै बनाइरहनसक्ने सबैलाई । महङ्गो बनेको नै यही छ अहिलेको समाजमा । खानीजस्तै छन् अथाह तपाईँसँग । हुनुहुन्छ खुला समुद्रजस्तै । गहिरो पनि समुद्रजस्तै । बाँड्नुस् दाइ ,सकेजति बाँड्नुुस् । बाँडे पनि जति नै न हुन्छ खर्च । न घट्छ नै केही ।

गरिरहनुभएको छ नथाकेर बूढ्यौलीसम्म साहित्यका लागि । संस्कृतिका लागि र समाजका लागि । बचाउने छ भविष्यलाई पनि । गरिरहेको कामले तपाईलाई र अरुलाई पनि । लेखेका तपाईँ र तपाईँजस्ताले नै । पढ्छन् भोलिका सन्ततिले इतिहास भनेर । बुभ्mछन् संस्कृति भनेर ।

गरिरहनुु्ुस् दाइ, सकेसम्म  गरिरहनुस् । गर्नखोज्नेहरु त अरु पनि होलान् । औंँला भाँच्न पुग्ने पनि छैनन् गर्नेहरु । कर्तव्य हो यो र जिम्मेवारी पनि हो तपाईं र तपाईँको अनुभवको । थरले पनि ग्वङ्ग नै हुनुहुन्छ आखिर । ग्वङ्ग अर्थात् भाले ,कुखुराको भाले । अँध्यारो हटाएर उज्यालोको सङ्केत गर्ने ग्वङ्ग । सुतेकाहरुलाई उठाउने ग्वङ्ग । जागरणको बिगुल बजाउने ग्वङ्ग । आफ्नोपनको आभास दिने ग्वङ्ग । 

अरु के भनुँ म । सबैलाई उठाइरहनुभएको छ । आखिर तपाईँ सधैं उठिरहने ग्वङ्ग नै त हो नि 


 

  • प्रकाशित मिति : भदौ २६, २०७८ शनिबार १०:३३:१८,   अन्तिम अपडेट : भदौ २६, २०७८ शनिबार १०:३५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया