काठमाडाैं उपत्यकामा थप ३२४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
उपत्यकाका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात थप ३२४ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
संक्रमितमध्ये काठमाडौँमा २५७, भक्तपुरमा ११ र ललितपुरमा ५६ जना रहेका छन् ।
पछिल्लाे २४ घन्टामा देशभर थप १ हजार १४६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने २१ जना संक्रमितले ज्यान गुमाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।