एमाले कैलालीको समानान्तर कमिटी एकीकृत समाजवादीमा परिणत

कैलालीमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को जिल्ला कमिटी गठन भएको छ ।

शुक्रबार धनगढीमा बसेको बैठकले दीर्घ सोडारीको अध्यक्षतामा १५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हाे । 

गठन गरेसँगै एमाले कमिटी नेकपा (एकीकृत समाजवादी) पार्टीमा परिणत भएको छ ।

२०७५ जेठ २ मा एमाले कैलालीका अध्यक्ष सोडारी नै रहेका थिए । ९६ सदस्यीय जिल्ला कमिटी रहेको थियो । जसमध्ये शुक्रबारको बैठकमा ५६ जना सदस्यको उपस्थिति भएकाले तत्कालीन एमाले कमिटीलाई नेकपा (एकीकृत समाजवादी)मा रूपान्तरण गरेर जिल्ला कमिटी पुनर्गठन गरिएको नवगठित कमिटीका सचिव विमल जोशीले बताए ।

शुक्रबारको बैठक पनि सोडारीकै अध्यक्षतामा बसेको थियो ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य माया भट्ट, पुराना कम्युनिस्ट नेताहरू हनुमान चौधरी, दिनेशचन्द्र सुवेदी, प्रदेश सदस्यहरू लक्ष्मण कुँवर, हिक्मत कुँवर, खडक बम, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी लगायतको उपस्थिति रहेको थियो । सुदूरपश्चिम प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले इन्चार्ज तोकिसके पनि प्रदेश अध्यक्ष लगायतका अन्य पदाधिकारी चयन गरिसकेको छैन ।



यसैगरी, अरू जिल्लाहरूमा पनि सो पार्टीको जिल्ला कमिटी गठन हुन बाँकी रहेको छ । यो प्रदेशमा सम्भवतः सबैभन्दा पहिले कैलालीमा जिल्ला कमिटी गठन गरिएको छ । प्रदेश सभामा यो पार्टी १४ प्रदेशसभा सदस्यका साथ सबैभन्दा ठूलो दल बनेको छ ।
 



  • प्रकाशित मिति : भदौ २५, २०७८ शुक्रबार १७:२२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया