सार्वभौमसत्ता र संविधानलाई बन्धक राखी एमसिसी स्वीकार गर्न सकिँदैन : वाइसिएल

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)मा आवद्ध युवा संगठन वाइसिएल नेपालले यथास्थितिमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)लाई स्वीकार नगर्न सरकारलाई सचेत गराएको छ ।

सुमन देवकोटा नेतृत्वको वाइसिएल नेपाल केन्द्रीय समितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपालको संविधानसँग बाझिएका बुँदाहरू नसच्चिएसम्म सो सम्झौता पारित नगर्न सरकार र संघीय संसदलाई सचेत गराएको हो ।

वाइसिएल नेपालका संयोजक देवकोटाले नेपालको स्वाधीनता, सार्वभौमसत्ता र संविधानलाई बन्धक राख्ने कुनै पनि खालका अन्तर्राष्ट्रिय सहयोग, अनुदानहरू स्वीकार गर्न नसकिने बताए । 

उनले भने, ‘एमसिसी लगायतका कुनै पनि सहयोग, अनुदानहरू देशको स्वाधीनता, सार्वभौमसत्ता र संविधानलाई बन्धक राखी स्वीकार गर्न सकिँदैन । नेपालको संविधानसँग बाझिएका एमसिसीका बुँदाहरू नसच्याइ पारित नगर्न यो राष्ट्रिय भेला सरकारलाई चुनौती दिन्छ ।’

गत भदौ १२ गतेदेखि १५ गतेसम्म काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलाले गरेको निर्णयहरू सार्वजनिक गर्दै वाइसिएल नेपालले भारतसँग भएको सबै सीमा समस्या तत्काल समाधान गर्न पनि सरकारसँग माग गरेको छ । 

त्यसै गरी युवाहरूलाई रोजगारीको अवसर सृजना गर्न, उमेर पुगेका युवा तथा विद्यार्थीहरूका लागि कोभिडविरुद्धको खोपको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।



वाइसिएलले कोभिडसँग सम्बन्धित स्वास्थ्य सामग्री खरिद प्रकरणमा मुछिएकाहरूको छानबिन गरी दोषीमाथि कारबाही गर्न ढिलाइ नगर्न पनि सरकारलाई दवाव दिएको छ ।


 



  • प्रकाशित मिति : भदौ २५, २०७८ शुक्रबार १८:१७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया