पहिलेको भन्दा वडा तहमा समावेसी बन्यो कांग्रेस

लामो समयसम्म आन्तरिक चुनाव गर्न नसकेर संकटमा परेको नेपाली कांग्रेसमा वडको चुनावपछि भने केहि साख बढेको छ ।

कांग्रेसमा मकवानपुरको तथ्यांक हेर्ने हो भने समावेशी देखिएको छ । अघिल्लो कार्यसमितिमा भन्दा यो समितिमा बुथ प्रतिनिधि र वडामा सदस्यहरुमा समावेशी देखिएको हो । 

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मकवानपुरमा भएको अधिवेशनमा महिलाको प्रतिनिधित्व बढेको छ । 

कांग्रेसको विधानलाई समावेशी अवधारणा अनुसार अघि बढाउँदा बुथ प्रतिनिधि (क्षेत्रीय प्रतिनिधि) मा महिलाको प्रतिनिधित्व बढेको हो । 

मकवानपुरमा आदिवासी जनजाति महिलातर्फ १ सय ८२ जना, प्रत्यक्ष महिलातर्फ ३०४ जना, खस आर्य महिलातर्फ ४९ जना महिलाको प्रतिनिधित्व भएको छ ।

अन्य समूहमा पनि महिलाको प्रतिनिधित्व रहेको छ । मकवानपुर कांग्रेसको बुथ प्रतिनिधिमा ७८ जना दलित, आदिवासी जनजाति खुल्लातर्फ २ सय ५४, प्रत्यक्ष खुल्लातर्फ ६ सय १९, खस आर्य खुल्लातर्फ १ सय १ जना, अल्पसंख्यक वा अपांगतातर्फ ५४, मुस्लिम १०, मधेशी १२ र थारु ३ जना बुथ प्रतिनिधिमा छनौट भएको सहायक निर्वाचन अधिकृत अधिवक्ता मोहनप्रसाद ढकालले जानकारी दिए । 



एक तेस्रो लिंगी बुथ प्रतिनिधि 

लामो समय देखि अस्तित्वको लडाँई लडिरहेका तेस्रो लिंगीहरु समाजमा सक्रिय राजनीतिमा आएको कमै उदारहण रहेका छन् । आफ्नै पहिचानको नागरिकताको लागि समेत कानुनी लडाँई लड्नुपर्ने बाध्यताबाट उठेर सक्रिय राजनीतिमा तेस्रो लिंगीहरु देखा पर्न थालेका छन् । 



मकवानपुरमा कांग्रेस बुथ प्रतिनिधिमा एकजना तेस्रो लिंगी पनि छनौट भएका छन् भने एक जना महिला वडा सभापति निर्वाचित भएकी छन् । 

मकवानपुरमा निर्वाचन प्रक्रियाबाट १६ सय ७७ र १ सय २ वडा सभापति स्वतः बुथ प्रतिनिधि हुने प्रावधान अनुसार १७ सय ७९ बुथ प्रतिनिधि चयन भएको ढकालले जानकारी दिए । बुथ प्रतिनिधिले जिल्ला कार्यसमितिसम्मलाई मतदान गर्ने छन् ।

  • प्रकाशित मिति : भदौ २५, २०७८ शुक्रबार २१:४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया