पूर्वराजदूत रुक्मशमशेर राणाकाे निधन

पूर्वराजदूत रुक्मशमशेर राणाकाे निधन भएकाे छ । 

शनिबार बिहान काठमाडौंको बत्तिसपुतलीस्थित निवासमा राणाकाे ८६ वर्षकाे ​ निधन भएकाे हाे। 

डाबर नेपालका प्रबन्ध निर्देशक समेत रहेका राणाले राष्ट्रिय खेलकुद परिषदकाे सदस्य सचिवकाे रूपमा दुई कार्यकाल बिताएका थिए । 

यसै गरी उनी अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यवाहक अध्यक्षको रूपमा समेत नेतृत्व गरेका थिए । 

उनी सन् २००९ देखि २०११ सम्म भारतका लागि नेपाली राजदूत थिए ।

उनकाे आइतबार दाहसंस्कार गरिने परिवारले बताएकाे छ ।




 



  • प्रकाशित मिति : भदौ २६, २०७८ शनिबार ७:४९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया