राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पुर्व सदस्य सचिव रुक्म शमशेर राणाको निधन भएको छ । उनको ८५ वर्षको उमेरमा शुक्रबार राती निधन भएको हो ।
मृगौलाको नियमित डायलासिस गराई रहेका राणा सुगर, प्रेसर लगायतका रोगबाट पनि पिडित थिए ।
राणाले विभिन्न संघमा रहेर लामो समयसम्म नेपाली खेलकुदको विकासमा योगदान पु¥याएका थिए ।
आर्थिक वर्ष २०५१/५२ र २०५४/५५ मा राखेप सदस्य सचिव बनेका राणा लामो समय नेपाल ओलम्पिक कमिटी (एनओसी)को नेतृत्वमा थिए ।
उनी सन् १९९२ देखि १९९६ सम्म एनओसी महासचिव तथा सन् १९९८ देखि २००७ सम्म अध्यक्ष रहेका थिए ।
एनओसीको मानार्थ अध्यक्ष समेत रहेका राणा नेपाल तेक्वान्दो संघ, अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल एथलेटिक्स संघको पनि अध्यक्ष पदमा रहेका थिए ।
नेपाली कांग्रेसका संस्थापक नेता सुवर्ण शमशेर राणाका कान्छा छोरा रुक्म शमशेर भारतका लागि नेपाली राजदूत पनि बनेका थिए ।
उनको शनिबार (आज) पशुपती आर्यघाटमा दाहसंस्कार गरिनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।