टर्की, मेक्सिको, इन्डोनेसिया, दक्षिण कोरिया र अष्ट्रेलियाले महिलाको मुद्दामा तालिबानलाई के सल्लाह दिए ?

टर्की, मेक्सिको, इन्डोनेसिया, दक्षिण कोरिया र अष्ट्रेलियाले महिलाको सम्बन्धमा तालिबानलाई सामूहिक रुपमा सल्लाह दिएका छन् । 

तालिबानले अफगानिस्तान कब्जा गरेपछि आफ्ना हक अधिकारको सुनिश्चित गर्न भन्दै महिलाहरुले निरन्तर प्रदर्शन गरेपछि ती देशले साझा विज्ञप्ति जारी गर्दै तालिबानलाई सल्लाह दिएका हुन् । 

साझा विज्ञप्तिमा उनीहरुले अफगानिस्तानमा महिला सहभागिता, उनीहरुको अधिकार र सुरक्षा सुनिश्चित गर्न तालिबानलाई भनेका छन् । 

तालिबानले गठन गरेको अफगानिस्तानको अन्तरिम मन्त्रिपरिषद्मा एक जना महिला सदस्य रहेका छैनन् । तालिबानले मन्त्रिपरिषद्मा महिलालाई सहभागी नगराउने बताउँदै आएको छ । 

पाँच देशले विगत वर्षहरुमा अफगानी महिलाहरुले प्राप्त गरेको प्रगतिको संरक्षण गर्दै थप उपलब्धि हासिल गर्ने दिशामा अघि बढ्न तालिबान आग्रह गरेका छन् । 





  • प्रकाशित मिति : भदौ २६, २०७८ शनिबार ११:२८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया