भदौ २१ गते संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा भएको विभत्स सामूहिक हत्याकाण्डमा प्रहरीलाई सफलता मिलेको छ ।
हत्या भएको पाँच दिनपछि प्रहरीले हत्या गरेको आशंका एक जना आरोपीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मादि–१ उम्लिङका लोकबहादुर कार्की छन् ।
प्रहरीले हत्याको आरोपमा ती व्यक्तिलाई पक्राउ गरेको छ जसले प्रहरीलाई हत्या भएकाहरुको शव देखाएका थिए ।
गत सोमबार ५७ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमा गरी एकै परिवारका ६ जनाको हत्या भएको थियो ।
प्रहरी नियन्त्रणमा रहेका २६ वर्षीय लोकबहादुर कार्की हत्या गरिएका ५२ वर्षीय तेजबहादुर कार्कीका भतिजा हुन् ।
प्रहरीको प्रारम्भिक बयानमा लोकबहादुरले रिसिबीका कारण हत्या गरेको स्वीकारेका छन् । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार हत्या भएको दिन विहान तेजबहादुर र लोकबहादुरबीच सामान्य विवाद भएको थियो ।
यही विवादका कारणले आवेगमा आएर लोकबहादुर एक्लैले तेजबहादुरसहित ६ जनाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।