संखुवासभा हत्या प्रकरणमा प्रहरीले आज एकजना पक्राउ गरेको छ । हत्या भएको पाँच दिनपछि प्रहरीले संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङ हत्याकाण्डका आरोपीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले मादी-१ उम्लिङका लोकबहादुर कार्कीलाइ नियन्त्रणमा लिएको छ । कार्की मारिएका ५२ वर्षीय तेजबहादुर कार्कीका नाता पर्ने हुन् । पक्राउ परेका लोकबहादुरले २१ भदौमा तेजबहादुर कार्कीसहित ६ जनाको विभत्स हत्या गरेका हुन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट लोकबहादुर एक्लैले आवेगमा आएर तेजबहादुरसहित ६ जनाको ज्यान लिएको खुलेको एक प्रहरी अधिकारी बताउँछन् । घटनाको बारेमा गहन अनुसन्धान भइरहेकोले यसको विस्तृत जानकारी भोलि पत्रकार सम्मेलन गरेर दिने प्रहरीले तयारी गरेको छ ।
संखुवासभामा जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी लालध्वज सुवेदीले यो घटनाको विस्तृत जानकारी भोलि पत्रकार सम्मेलन गरेर दिइने बताए ।
उनले भने, ‘अहिले अनुसन्धान भइरहेको छ, धेरै कुरा अझै बुझ्दै छौं । केही कुराहरू जानकारीमा आएको छ । त्यसैले पूर्ण अनुसन्धान गरेर भोलि पत्रकार सम्मेलन गर्ने प्रहरीको तयारी छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।