लामो समयपछि कोरोना संक्रमित एक हजारभन्दा कम

पछिल्लो २४ घण्टामा ९९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ८४० जनाको पीसीआर परीक्षण गराउँदा ९९४ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर २७ हजार ३५५ जना सक्रिय संक्रमित रहेका छन् । 

यसअघि पछिल्लो समय कोरोना संक्रमण बढिरहेको थियो । लामो समयपछि यो संख्या घटेर एक हजार भन्दा तल झरेको हो । पछिल्लो २४ घण्टामा एक हजार ३६८ जना निको भएर घर फर्किएका छन् । भने १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । 

पछिल्लो २४ घण्टामा देशभरबाट ६८ हजार ६३० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । ४५६ जनाको अहिले पनि आइसियूमा राखेर उपचार भइरहेको छ । 

१२२ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : भदौ २६, २०७८ शनिबार १६:४१:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया