वीरगञ्जमा एमसिसीविरुद्ध विरोध प्रदर्शन

वीरगञ्जमा एमसिसीविरुद्ध विरोध प्रदर्शन भएको छ । आइटी आर्मी जिल्ला कमिटीको आयोजनामा विरोध प्रदर्शन भएको हो । 

प्रदर्शनका क्रममा दलाल सरकार मुर्दावाद ,राष्ट्रघाती कार्य बन्द गर ,राष्ट्रिय स्वाधिनताको रक्षा गर, अमेरिकी हस्तक्षेप बन्द गरलगायत नारा लगाउँदै आइटी आर्मीले विरोध प्रदर्शन गरेको हो ।

मुलुकमा एमसिसी कुनै पनि परिस्थितिमा लागू गर्न नहुने प्रदर्शनकारीको माग रहेको छ । एमसिसीमा अमेरिकाको खतरनाक रणनीति लुकेको आइटी आर्मीको दाबी रहेको छ ।

एमसिसी देशलाई समृद्ध बनाउने नभई इन्डोप्यासिफिक रणनीतिको अंग बनाउने खतरनाक खेल रहेकोले आन्दोलनमा उत्रनुपरेको उनीहरुले जिकिर गरे । आइटी आर्मी पर्सा अध्यक्ष सन्तोष पटेलको नेतृत्वमा वीरगञ्ज नगरमा विरोध प्रदर्शन भएको हो । 

एमसिसी संसदबाट पास भए नेतृत्वलाई जनताले माफ नगर्ने चेतावनी समेत प्रदर्शनकारीले दिएका छन् । अफगानिस्तानजस्ता देश अमेरिकी साम्राज्यवादी षड्यन्त्रको सिकार हुँदा भोग्नुपरेको पीडा सबैलाई छर्लंग भएको उनीहरुको भनाइ छ । 

आजै आइटी आर्मीको वीरगञ्ज महानगर नगर कमिटी गठन गरिएको छ । प्रथम भेलाले संयोजकमा महम्मद रेहान इब्रहिमजी तथा सह–संयोजकमा मखन पटेलजीलाई चयन गरेको छ । 



कार्यक्रममा संविधानसभा सदस्य इस्लाम हवारी, पूर्व प्रदेशसभा सदस्य कुन्दन कुश्वाहा, युवा नेताहरु उमेश कुश्वाहा एव‌ पवन तिवारी, आइटी आर्मी पर्साका संयोजक सन्तोष पटेललगायतको उपस्थिति थियो ।



  • प्रकाशित मिति : भदौ २६, २०७८ शनिबार १७:४४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया