संखुवासभा हत्याकाण्डका आरोपित सार्वजनिक

संखुवासभाको मादी-१ मा ६ जनाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई सार्वजनिक गरेको छ ।

वडा नम्बर १ का तेजबहादुर कार्कीसहित ६ जनाको हत्या गरेको आरोपमा प्रहरीले लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको हाे ।  

भतिज नाता पर्ने लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिसकेपछि इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मलेन गरी सार्वजनिक गरिएको हो।

गत सोमबार उम्लिङमा तेजबहादुरसहित उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभा र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को विशेष टोलीले चलाएको संयुक्त अप्रेसनले प्रहरी दोषी नजिक पुग्न सफल भएको थियो । 

केन्द्रीय अनुसन्धान ब्यूरोबाट प्रहरी नायब उपरीक्षक रुगम कुँवर र  जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीको नेतृत्वमा टोली खटिएको थियो ।
 





  • प्रकाशित मिति : भदौ २७, २०७८ आइतबार ११:३५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया