जातको प्रश्नको दोस्रो सिजनमा ४ नयाँ अनुहार

टेलिभिजन कार्यक्रम जातको प्रश्नको दोस्रो सिजन सुरु हुने भएको छ । पहिलो सिजनमा अभिनेता रोजश हमाल एकल रूपमा कार्यक्रम प्रस्तोताका रूपमा देखिएका थिए । दोस्रो सिजनमा भने कार्यक्रम सञ्चालकको भूमिकामा अन्य चार अनुहार पनि देखिने छन् ।

समता फाउन्डेसनको निर्माणमा प्रसारण हुन लागेको यो कार्यक्रममा अभिनेता दयाहाङ राई, मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारी, गायक प्रकाश सपुत र सञ्चारकर्मी निष्मा प्रस्तोताका रूपमा थपिएका हुन् । कार्यक्रमका केही भाग राजेश हमालले नै सञ्चालन गर्नेछन् ।

‘जातको प्रश्न’को दोस्रो सिजन १२ भागबाट सुरु हुनेछ । प्रत्येक प्रस्तोताले कम्तीमा दुई भाग कार्यक्रम सञ्चालन गर्ने समता फाउण्डेसनले जनाएको छ ।

अघिल्लो साल कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको ‘जातको प्रश्न’को पहिलो सिजनलाई लिएर केही विवाद सिर्जना भएको थियो । क्रिस्चियनकाे पैसा लिई हिन्दू धर्मविरुद्ध पैरवी गरेको भन्दै विवाद चलेकाे थियाे ।

अक्टोबर ६ देखि सुरु हुने तयारीमा रहेको यो कार्यक्रमलाई लिएर धेरैले नकारात्मक कमेन्ट गरिरहेका छन् । केहीले आशावादी कमेन्ट पनि गरेका छन् । आशावादी हुनेहरूले भनेका छन्, ‘सिजन २ बाट अन्याय अत्याचार र जातिय विभेदबाट पिल्सिएको हाम्रो समुदायले ठूलो आशा र भरोसा राखेको छ । यो सिजनमा समस्याको उठान मात्र नभई समाधानको बाटो पनि पक्कै खोजिनेछ । यसपालीको टिमले केही ऐतिहासिक काम गरोस् । जातको प्रश्न यो आफैमा गम्भीर प्रश्न हो । यो प्रश्न सधै प्रश्नमा मात्र नरहोस । यसको सही उत्तर आओेस् कि फेरि सिजन ३-४ हुँदै खालि प्रश्नै मात्रै गरिरहन नपरोस् ।’

धेरैले जातको प्रश्न कार्यक्रमले धेरैको चर्केको घाउ कोट्याएर छोडिदिएको भन्दै दोस्रो सिजनले औषधि, मलम र उपचार पनि गर्नेगरी कार्यक्रम उत्पादन गर्न सुझाव दिएका छन् ।





  • प्रकाशित मिति : भदौ २७, २०७८ आइतबार ११:४२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया