ताजिकिस्तानमा अर्काे महिना आयोजना हुने एएफसी यु-२३ एसियन कप छनोटका लागि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले ४८ खेलाडी समेट्दै प्रारम्भिक टोली घोषणा गरेका छन् ।
एएफसी यु-२३ एसियन कप छनोट अक्टाेबर २५ देखि ३१ सम्म हुनेछ । प्रशिक्षक महर्जनले बोलाएका ४८ मध्ये ७ खेलाडी सिनियर टोलीमा रहेका छन्।
७ खेलाडी साफ च्याम्पियनसिपको लागि शुक्रबार कतारको दोहामा प्रशिक्षणमा पुगिसकेका छन् । सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, नितिन थापा, सुरज ज्यु ठकुरी, आयुष घलान र मनिष डाँगी कतारमा रहेका छन् । साफ च्याम्पियनसिप १ अक्टोबरदेखि माल्दिभ्समा सुरु हुँदैछ ।
पहिलो चरणको प्रशिक्षणमा रहेका ४८ खेलाडीमा ९ गोलरक्षक, १३ डिफेन्डर, १७ मिडफिल्डर र ९ फरवार्ड रहेका छन् ।
टोलीको प्रशिक्षण सोमबारदेखि हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । छनोटकाे समूह ‘बी’ मा नेपाल, आयाेजक ताजिकिस्तान, इरान र लेवनान छन्।
टोलीमा रहेका खेलाडीहरू :
गोलरक्षक : अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल, पुजन होना, अन्जल श्रेष्ठ, सुर्य अधिकारी, विष्णु केसी, आकाश रानाभाट र रोहित कार्की
डिफेन्डर : सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, असिम भुषाल, रन्दिप पौडेल, विश्वास उदास, विशाल बस्नेत, रोमन लिम्बु, पृथ्वी चौधरी, आदिल हामिद, योगेश गुरुङ, रोशन दोङ र सोनित दाहाल
मिडफिल्डर : नितिन थापा, सुरज ज्यु ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्वे, जय गुरुङ, अशोक थापामगर, दिपेश गुरुङ, अनिल महर्जन, राजीव लोप्चन, शिशिर लेखी, रुमेश बर्तौला, आकाश बुढामगर, निराजन महर्जन, दिपेश आलेमगर, रजत तिवारी, रोशन रानामगर र एरिक विष्ट
फरवार्ड : मनिष डाँगी, अभिषेक रिजाल, राजेश परियार, दर्शन गुरुङ, प्रिजेन तामाङ, दिनेश हेन्जन, रेजिन सुब्बा, बुद्ध बल तामाङ र कैलाश लामिछाने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।