फेरि तोक्यो ‘लप्पन छप्पन-२’ले रिलिज मिति

नेपाल सरकारले हल सञ्चालनको औपचारिक अनुमति दिएसँगै निर्माता निर्देशकले आफ्ना चलचित्र प्रदर्शन मिति सार्वजनिक गर्न थालेका छन् । चलचित्र ‘लप्पन छप्प २’ले पनि आफ्नो रिलिज डेट लिएको छ । यो चलचित्र आउँदो महाशिवरात्रि प्रदर्शन हुने भएको छ ।

अघिल्लो पटक नयाँ वर्षको अवसर पारेर रिलिजको तयारीमा रहेको यो चलचित्र कोरोनाका कारण प्रदर्शन हुन पाएन । यस पटक पनि तोकिएको मितिमा चलचित्र प्रदर्शन हुने नहुने अन्यौलता भने बाँकीनै छ । तथापी यो चलचित्रले फागुन १३ लाई रिलिज मिति लक गरेर प्रचार सुरु गरेको छ ।

प्रचारको सुरुवातमा चलचित्र युनिटले ट्रेलर रिलिज गरेको छ । सामान्य अवस्था भए शिवरात्रिका दिन आफ्ना चलचित्र प्रदर्शनका लागि निर्माता निर्देशकको हानथाप हुन्थ्यो ।

चलचित्र ‘लप्पन छप्पन-२’मा अर्पण थापा, अनुप विक्रम शाही, सौगात मल्ल, शक्ति श्रेष्ठ लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । एक्सन केन्द्रित यो चलचित्र युरोपका विभिन्न स्थानमा छायांकन गरिएको छ ।

कोरोनाका कारण चलचित्र प्रर्दशन मिति बारम्बार सरिरहँदा  यही चलचित्रका निर्देशकले अर्को आफ्नो चलचित्रको काम गर्न पाएका छैनन् । यो चलचित्र प्रदर्शनपछि अर्को चलचित्र ‘एक्स ९’को छायांकनमा लाग्ने निर्देशक भट्टको तयारी छ ।


 





  • प्रकाशित मिति : भदौ २७, २०७८ आइतबार १३:४१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया