म संविधान, कानुन र नियमअनुसार पहलकदमी लिन प्रतिवद्ध छु : सभामुख सापकोटा

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा अवरोध कायमै राखेको छ । सभामुख अग्निप्रसाद सापकोटाले भने आफू संविधान, नियम कानुन अनुसार पहलकदमी लिने कुरामा प्रतिवद्ध भएको भन्दै सदनको अवरोध हटाउन आग्रह गरिरहेका छन् । 

नवौं अधिवेशनको पहिलो बैठकदेखि नै निरन्तर अवरोध गर्दै आएको एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाएका छन् । एमाले सांसदलाई जवाफ दिँदै सभामुखले भने, ‘संसदीय मर्यादा कायम गर्ने दायित्व हामी सबैको हो । सभामुखले संविधान, नियम कानुन अनुसार पहलकदमी लिने कुरामा म प्रतिवद्ध छु । यसको पहल कदमी लिने कुरा हामी सबैको दायित्व हो । त्यतातर्फ पनि मनन गर्न म सबैलाई आग्रह गर्दछु ।’

सभाामुख सापकोटाले संविधान नियम काननु अनुसार अघि बढ्ने मूल मान्यता बनाउँदै आएको भन्दै सबै सांसदलाई अवरोध खोल्न आग्रह गरेका छन् । यसअघि आजै बसेको अर्को बैठकमा सभामुख सापकोटाले अवरोध नहटेपछि १५ मिनेटका लागि स्थगित गरेका थिए । 

त्यसपछि एमालेका नेताहरूसँग छलफल गरेका सभामुखले सहमति भने जुटाउन सकेनन् । अहिलेपनि एमालेको अवरोध कायमै छ ।  सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र खगराज अधिकारीसँग छलफल गरेका थिए ।





  • प्रकाशित मिति : भदौ २७, २०७८ आइतबार १५:०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया