एमालेको अवरोधले चल्न सकेन संसद बैठक, २९ गतेसम्मलाई स्थगित

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूको निरन्तर अवरोधपछि बैठक स्थगित भएको हो । नवौं अधिवेशनको पहिलो बैठकदेखि नै निरन्तर अवरोध गर्दै आएको एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाएका छन् ।

एमाले सांसदलाई जवाफ दिँदै सभामुखले भने, ‘संसदीय मर्यादा कायम गर्ने दायित्व हामी सबैको हो । सभामुखले संविधान, नियम कानुन अनुसार पहलकदमी लिने कुरामा म प्रतिवद्ध छु । यसको पहल कदमी लिने कुरा हामी सबैको दायित्व हो । त्यतातर्फ पनि मनन गर्न म सबैलाई आग्रह गर्दछु ।’

एमाले सांसदहरूले सदनमा पक्षपातपूर्ण व्यवहार कामय गर, संवैधानिक सर्वोच्चता कायम गर, पार्टी फुटाउने षडयन्त्र बन्द गर, गैरसांसदलाई प्रवेश निशेष गर, यथास्थितिमा संसद चल्दैन, लगायतका नाराहरू लगाएका थिए । 

सभामुख सापकोटाले संवातिर अघि बढ्ने वातावरण बनाउन एमाले सांसदहरूलाई आग्रह गरेका थिए । ‘समन्वय, सहकार्य र सहकारी वाद विवाद र संवाद अन्तिममा पुग्नपर्ने त्यहीँ हो । हामी संवादतिर अगाडि बढौं । सवांदको वातावरण बनाउन हामीले वुद्धि विवेक लगाऔं । न्यूनतम समझदारी गरेर अगाडि बढौं,’ उनले भनेका थिए। 

सभाामुख सापकोटाले संविधान नियम काननु अनुसार अघि बढ्ने मुल मान्यता बनाउँदै आएको भन्दै सबै सांसदलाई अवरोध खोल्न आग्रह गरेका छन् । यसअघि आजै बसेको अर्को बैठकमा सभामुख सापकोटाले अवरोध नहटेपछि १५ मिनेटका लागि स्थगित गरेका थिए । 

त्यसपछि एमालेका नेताहरूसँग छलफल गरेका सभामुखले सहमति भने जुटाउन सकेनन् । 



बैठक आगमी भदौ २९ गते दिउँसो १ बजे बस्नेगरी सभामुख सापकोटाले स्थगित गरेका छन् । सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र खगराज अधिकारीसँग छलफल गरेका थिए ।



  • प्रकाशित मिति : भदौ २७, २०७८ आइतबार १५:८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया