सभामुखले बोलाए सर्वदलीय बैठक

सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन् । संसदमा प्रमुख प्रतिपक्षी दलले निरन्तर अवरोध जारी राखेपछि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् । 

सभामुखको सचिवालयले दिएको जानकारी अनुसार भोलि दिउँसो साढे २ बजेका लागि सर्वदलीय बैठक आह्वान भएको हो । नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक बोलाइएको संसद सचिवालयले जानकारी दियो ।

साथै, गृहमन्त्री बालकृष्ण खाँडले पनि भोलि शीर्ष नेताहरूबीच छलफल हुने जानकारी गराए । ‘सभामुखजीले सत्तापक्ष र प्रतिपक्षीसँग कुरा गर्नुभयो । भोलि पनि नेताहरूबीच शीर्ष तहमा छलफल हुनेछ । हामी विश्वास गरौं, यो संसद खुल्छ  र संसदले गर्नपर्ने कार्य गर्नेछ’, कार्कीले भने ।





  • प्रकाशित मिति : भदौ २७, २०७८ आइतबार १५:४५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया