भीम रावललाई ओलीले भने- सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट नै हुने स्पष्ट पारेका छन् । ओलीलाई भेट्न बालकोट पुगेका सुदूरपश्चिमका आफूनिकट नेताहरूसँग सो कुरा स्पष्ट पारेका हुन् । 

साथै, उनले सुदूरपश्चिमको समस्या समाधानका लागि उपाध्यक्षको रूपमा भीम रावलले नै सहजीकरण गर्नका लागि पनि निर्देश गरेका छन् । 

सुदूरपश्चिम प्रदेशमा देखिएको आन्तरिक विवादका बारेमा छलफल गर्न नेताहरू आइतबार बिहानै बालकोट पुगेका थिए ।

ओलीले एमालेको विवाद समाधानका लागि गठित तत्कालीन कार्यदलले सुझाएको १० बुँदे सहमति सिर्जनात्मक ढंगले कार्यान्वयन हुनपर्ने अडान राखेका थिए । तर रावलले भने दश बुँदे कार्यान्वयन पार्टीको निर्णय भएको बताएका थिए ।

गएको १० भदौको केन्द्रीय कमिटी र ८ भदौको स्थायी कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको थियो । १० बुँदे अनुसार एमाले पार्टी संरचना २ जेठ २०७५ अगाडिको अवस्थामा फर्कनुपर्ने र आफू सुदूरपश्चिमको इन्चार्ज हुनुपर्ने बताएका थिए ।
 





  • प्रकाशित मिति : भदौ २७, २०७८ आइतबार १७:१२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया