नेपाल र बंगलादेशबीच दशरथ रंगशालमा आइतबार भएको दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ । दुवै टोलीले पाएका केही अवसरलाई गोलमा परिणत गर्न नसक्दा अंक बाढ्न बाध्य बने ।
खेलको छैटौँ मिनेटमा नेपाली गोलरक्षक अञ्जना राना मगरको गल्तीमा श्रीमोती सरकारले उपलब्ध गराएको बललाई मोस्सामत सोप्नाले सदुपयोग गर्न सकिनन् ।
आठौँ मिनेटमा अमृता जैसीको प्रहारलाई बंगलादेशी गोलरक्षक रूप्ना चक्माले बचाइन् । १०औँ मिनेटमा सरू लिम्बूको प्रहारलाई रूक्माले नै विफल बनाउँदा नेपाल अग्रता लिनबाट चुक्यो ।
३०औँ मिनेटमा श्रीमोती सरकारको प्रहार क्रस बारमा लागेर बाहिरिँदा बंगलादेशले अग्रता लिन सकेन । ४३औँ मिनेटमा विमला चौधरीले पाएको राम्रो अवसरलाई सदुपयोग गर्न सकिनन्।
६७औँ मिनेटमा बंगलादेशी कप्तान सविना खातुनको फ्रिकिक प्रहारलाई नेपाली गोलरक्षक अञ्जना राना मगरले बचाउ गरिन् । ८८औँ मिनेटमा प्रीति राईको स्थानमा मैदान प्रवेश गर्दै रजिना थोकरले नेपालका लागि डेब्यु गरिन् ।
यो नेपाल र बंगलादेशीबीच बराबरीमा सकिएको दोस्रो खेल हो । यसअघि दुईले सन् २०१८ मा १–१ को बराबरी खेलेका थिए ।
यी दुई देशबीच हालसम्म ८ खेलमा प्रतिस्पर्धा हुँदा नेपालले ६ खेल आफ्नो पक्षमा परेको छ । पहिलो मैत्रीपूर्ण खेलमा नेपाल २–१ले विजयी भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।