एमालेका कारण एमसिसीमा विवाद : उदयशमशेर राणा

नेपाली का‌ंग्रेसका नेता तथा पूर्वमन्त्री उदयशमशेर जबराले एमसिसी पास गराउन संसदभित्र र बाहिर रहेका दलहरुलाई सहमतिमा ल्याउनुपर्ने बताएका छन् । आइतबार राजधानीको एक कार्यक्रममा बोल्दै पूर्वमन्त्री जबराले एमसिसी पास गर्दा नेपालको विकासलाई सहयोग पुग्ने बताए । 

एमसिसीको विषयमा ६ वर्षसम्म शीर्ष दलका शीर्ष नेता नै सरकारमा रहेका बेला कुनै विवाद नभएको, तर २०१७ को सेप्टेम्बरबाट यसको विवाद भएको उनले बताए । नेकपा एमालेभित्र नेतृत्वमा आएको विवादपछि मात्रै एमसिसीको विवाद सुरु भएको उनले स्मरण गराए ।

पूर्वमन्त्री जबराले एमसिसीको पैसा नआए पनि नेपालको अर्थतन्त्र अघि बढिरहने, तर सित्तैमा दिएको रकम लिन्न भन्नु उचित नहुने बताए । 

‘अहिले एमसिसीलाई हेर्ने दृष्टिकोण खासमा आर्थिक, सामाजिक र राजनीतिक पक्षभन्दा पनि यो पोलिटिकल टुल भएको छ,’ उनले भने, ‘एमसिसी पास गर्दा देशलाई फाइदा नै हुन्छ, यो ग्रान्ट हो कि लोन ? एमसिसी ग्रान्ट हो, यो सडक र प्रसारण लाइनमा पर्छ, यसले नेपाललाई फाइदै गराउँछ ।’





  • प्रकाशित मिति : भदौ २७, २०७८ आइतबार १९:२४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया