एमसिसी पास हुनेमा आशावादी छु : उपाध्यक्ष सुमार
फाइल तस्बिर

अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)की उपाध्यक्ष फातिमा सुमारले नेपालले सो परियोजना पास गर्नेमा आशावादी रहेको बताएकी छिन् । 

चार दिनसम्म नेपालका प्रमुख दलका शीर्ष दलका नेतासँगको भेटवार्ता गरेकी उनले आइतबार होटल मेरियटमा पत्रकार सम्मेलन गरिन्। पत्रकार सम्मेलनका क्रममा उनले एमसिसी पास हुनेमा आफू आशावादी रहेको बताएकी हुन् । 

आफूले भेटेका सबै नेताले एमसिसी नेपालका लागि लाभदायक रहेको बताएको छिटै पास गर्ने आश्वासन दिएकाले यसमा आफू आशावादी भएको उनले बताइन्।

सरकारले एमसिसीबारे अमेरिकालाई पत्र लेखेको थियो । सो पत्रको लिखित जवाफ दिएको र आफैँले पनि भेटेर राजनीतिक दलका नेता, मन्त्री, सांसद र नागारिक समाजका मानिसलाई थप स्पष्ट पार्ने प्रयास गरेको उनले बताइन् । 

नेपाललाई सडक र प्रसारण लाइनको विकासका लागि यो सहयोग आधारस्तम्भ हुनसक्ने उल्लेख गर्दै उनले यो पास गर्न जति ढिला हुन्छ, नेपालको आर्थिक विकास पनि त्यति नै ढिला हुने बताइन् । सुमारले भनिन्,‘यी सबै बैठकबाट म आशावादी बनेर वासिंग्टन फर्किँदै छु।’





  • प्रकाशित मिति : भदौ २७, २०७८ आइतबार २०:१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया