रियलकाे जितमा बेन्जिमाकाे ह्याट्रिक

स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ ।

उसले घरेलु मैदान सान्टियागो बर्नाबेउमा सेल्टा भिगोमाथि ५-२ को सानदार जित दर्ता गरेको हो । 

रियलको जितमा करिम बेन्जिमाले ह्याट्रिक पूरा गर्दा भिनिसियस जुनियर र इडुआर्डो कामाभिंगाले १-१ गोल गरे ।

सेल्टा भिगोका लागि सान्टियागो मिना र फ्रान्को सेर्भीले १-१ गोल गरे । सेल्टा सुरुवाती अग्रता जोगाउन नसक्दा पराजित हुन पुगेको हो ।

खेलको चौंथो मिनेटमै मिनाको गोल मार्फत सेल्टाले अग्रता लिएको थियो । २४ औँ मिनेटमा बेन्जिमाले रियलका लागि बराबरी गोल गरे ।

३१औँ मिनेटमा सेर्भीले गोल गर्दा सेल्टाले पहिलो हाफमा २-१ को अग्रता बनायो।



पहिलो हाफमा २–१ ले पछि परेको रियलले दोस्रो हाफमा ४ गोल थप्यो । ४७ औँ मिनेटमा बेन्जिमाले नै टोलीलाई २-२ को बराबरीमा ल्याए । 

५५औँ मिनेटमा भिनिसियसले टोलीका लागि चौथो गोल गरे । ७२ औँ मिनेटमा कामाभिंगाले रियलका लागि डेब्यु गोल गर्दै टोलीलाई ४-२ ले अगाडि बढाए ।



८७औँ मिनेटमा बेन्जिमाले पेनाल्टीमार्फत गोल गर्दै आफ्नो ह्याट्रिक पुुरा गरेपछि रियलले सहज जित दर्ता गरेको हो ।

रियलले सन् २०२० को मार्चपछि पहिलोपटक सान्टियागो बर्नाबेउमा खेलेको हो । मैदानको पुन:निमार्ण गरिएकाले यो अवधिमा उसले अल्फ्रेडो डि स्टाफानोमा खेल्दै आएको थियो ।  

जितसँगै रियल ४ खेलबाट १० अंकका साथ लिगको शीर्ष स्थानमा उक्लिँदा समान खेलबाट १ अंक जोडेका सेल्टा भिगो १८ औँ स्थानमा छ । 

लिग अन्तर्गत आइतबार नै भएका अन्य खेमा एट्लेटिको मड्रिडले स्पान्योलमाथि २-१,भ्यालेन्सियाले ओसासुनामाथि ४-१ र रियल सोसिडाडले काडिजमाथि २-० को जित निकाले । 
 

  • प्रकाशित मिति : भदौ २८, २०७८ साेमबार ६:४७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया