एमसिसी पास हुने आशासहित स्वदेश फर्किइन् फातिमा

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)की उपाध्यक्ष फातिमा सुमार स्वदेश फर्किएकी छन् । उपाध्यक्ष फातिमा सहितकाे टाेली हिजाे बेलुका स्वदेश फर्किएकाे हाे । 

उपाध्यक्ष फातिमा सुमारले नेपालले एमसिसी परियोजना पास गर्नेमा आशावादी रहेको बताएकी छन् । 

हिजाे (आइतबार)होटल मेरियटमा पत्रकार सम्मेलनका क्रममा उनले एमसिसी पास हुनेमा आफू आशावादी रहेको बताएकी हुन् । 

उनले यो सम्झौता दुई वर्षअघि नै पारित भइसक्नु पर्ने तर अहिलेसम्म नभएकाले यसमा निकै ढिलाइ भएको पनि बताएकी छन् ।

सुमारले भनिन्, ‘यसलाई सांसदले छिटो निकास दिनुपर्छ । नेपाली संसदबाट एमसिसी सम्झौता पारित हुने हामीलाई आशा पनि छ ।’

आफूले भेटेका सबै नेताले एमसिसी नेपालका लागि लाभदायक रहेको बताएको छिटै पास गर्ने आश्वासन दिएकाले यसमा आफू आशावादी भएको उनले जनाइन्।



गत बिहीबार काठमाडाैं आएकी सुमारले एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गरेकी थिइन् ।



  • प्रकाशित मिति : भदौ २८, २०७८ साेमबार ७:१७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया