प्रिमियर लिगमा लिभरपुलको अपराजित यात्रा कायमै

इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुल विजयी भएको छ । उसले  १० खेलाडीमा सीमित घरेलु टोली लिड्स युनाइटेडमाथि ३-० को सहज जित हात पारेको हो ।

लिभरपुलको जितमा मोहम्मद सलाह, फाबिन्हो र सादियो मानेले १-१ गोल गरे । खेलको २०औँ मिनेटमा सलाहले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

योसँगै सलाहले प्रिमियर लिगमा १०० गोल पूरा गरे । ५० औँ मिनेटमा फाबिन्होले टोलीको अग्रता दोब्बर बनाए । 

६०औँ मिनेटमा पास्कल स्ट्रुजिकले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि लिड्स १० खेलाडीमा सीमित बन्यो । थप गरिएको समयमा मानेले गोल गर्दै टोलीलाई सहज जित दिलाए ।

जितसँगै लिभरपुल ४ खेलबाट १० अंकका साथ तेस्रो स्थानमा रहँदा समान खेलबाट २ अंक जोडेको लिड्स १७ औँ स्थानमा छ । 





  • प्रकाशित मिति : भदौ २८, २०७८ साेमबार ७:३४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया