कर्णालीमा क–कसले रोजे एकीकृत समाजवादी ?

कर्णालीमा एमाले विभाजन नहुँदा प्रदेशसभामा २० सांसद थिए । तीमध्ये माधव नेपाल पक्षमा ८ जना र केपी ओली पक्षमा १२ जना थिए । 

एमालेको विवाद चर्किदै जाँदा माधव नेपाल पक्षमा रहेका प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिए । 

विपक्षीलाई विश्वासको मत दिएको भन्दै एमालेले उनीहरुलाई सांसद पदबाट हटायो । चार जना सांसद हटाउँदा १६ जना सांसद रहेकामा एमाले विभाजन भएपछि मुगुका चन्द्रबहादुर शाही, रुकुमपश्चिमका देवी ओली र जुम्लाका पदमबहादुर रोकायाले एकीकृत समाजवादी पार्टी रोजेका छन् । अब कर्णालीमा एमालेका १३ जना रहेका छन् । 
कर्णाली प्रदेशसभामा पाँच दल पुगे

कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या पाँच पुगेको छ । यसभन्दा अघि नेकपा (एमाले), माओवादी केन्द्र, नेपाली कांग्रेस र राप्रपा नेपालको प्रतिनिधित्व थियो । अब प्रदेशसभामा नेकपा (एकीकृत समाजवादी) ले दलका मान्यता पाएका कारणले पाँच दल भएका हुन् । 

प्रदेशसभामा अब नेकपा (एमाले) १३,  माओवादी केन्द्र्र १२, नेपाली कांग्रेस ६, नेकपा (एकीकृत समाजवादी) ३ र राप्रपा नेपालका १ जना सांसद प्रदेशसभा रहनेछन् ।

स्थानीय तहका ३५४ जनप्रतिनिधि एकीकृत समाजवादीमा



​कर्णालीका १० जिल्लाका ३५४ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । कर्णाली प्रदेशका १० जिल्लामा एमालेका १ हजार ३०१ जना स्थानीय तहको निर्वाचनमा विजयी भएका थिए । 

कर्णालीमा सबैभन्दा बढी सल्यान ७६ जना जनप्रतिनीधिहरुले एकीकृत समाजवादी रोजेका छन् । 



दैलेखमा ६५, कालीकोटमा ६५, जुम्लामा ४४, डोल्पामा ४२, मुगुमा २९, सुर्खेतमा, १५, जाजरकोटमा १०, हुम्लामा ५ र रुकुमपश्चिममा ३ जनाले एकीकृत समाजवादी रोजेका छन् । 

सल्यानमा स्थानीय तहको निर्वाचनमा ४ वटा गाउँपालिका तथा नगरपालिका प्रमुख, ३ वटा नगरपालिका तथा गाउँपालिका उपप्रमुख तथा २७ वटा वडा अध्यक्ष गरेर १५१ जनप्रनिनिधि एमालेबाट विजयी भएका थिए । 

त्यसमध्ये गाउँपालिका अध्यक्ष १ जना, गाउँपालिका उपाध्यक्ष १ जना, वडा अध्यक्ष १९ र अन्य कार्यपालिका सदस्य र वडा सदस्य गरेर ७६ एकीकृत समाजवादीमा गएका छन् । 

दैलेखमा ७ वटा गाउँपालिका तथा नगरपालिका प्रमुख र ७ वटा गाउँपालिका तथा नगरपालिका उपप्रमुख, ५२ वटा वडामा गरेर २९० जनप्रतिनिधि स्थानीय तहको निर्वाचनमा एमालेबाट विजयी भएका थिए । 

जिल्लामा गाउँपालिका अध्यक्ष २ जना, गाउँपालिका उपाध्यक्ष ३ जना, नगरपालिका उपप्रमुख १ जना, वडा अध्यक्ष ११ जना र गरेर जम्मा ६५ जनाले एकीकृत समाजवादी रोजेका हुन् । 

कालीकोटमा गाउँपालिका तथा नगरपालिका प्रमुखमा ३ जना, गाउँपालिका तथा नगरपालिका उपप्रमुख ३ जना र २५ जना वडा अध्यक्ष गरेर १४४ जना एमालबाट विजयी भएका थिए । 

त्यसमध्ये गाउँपालिका अध्यक्ष २ जना, गाउँपालिका उपाध्यक्ष १ जना, नगरपालिका उपप्रमुख १ जना, वडा अध्यक्ष १२ जना गरेर जम्मा ६५ जना एकीकृत समाजवादीमा गएका छन् । 

जुम्लामा एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र १७ वडा अध्यक्ष गरेर ९५ जना एमाले जनप्रतिनिधिले जितेका थिए । त्यसमध्ये गाउँपालिका उपाध्यक्ष १ जना, वडा अध्यक्ष ११ जना, गरेर जम्मा ४४ जनाले एकीकृत समाजवादीमा सनाखत गरेका छन् । 

डोल्पामा स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष ४, गाउँपालिका उपाध्यक्ष ३  वडाध्यक्ष ४३ सहित २१३ जनाले स्थानीय तहमा चुनाव जितेका थिए । जसमध्ये गाउँपालकिा अध्यक्ष प्रमुख १ जना, जिल्ला समन्वय समितिका सदस्य ४ जना, वडाध्यक्ष ८ जना गरेर ४२ जनाले एकीकृत समाजवादी रोजेका छन् । 

मुगुमा नेकपा (एमाले) एक गाउँपालिका अध्यक्ष, ४ वटा गाउँपालिका उपाध्यक्ष २१ वडामा गरेर १२४ जनाले स्थानीय तहको चुनाव जितेका थिए । त्यसमध्ये गाउँपालिका उपाध्यक्ष १ जना, वडाध्यक्ष ७ जना गरेर जम्मा २९ जनाले एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।  

सुर्खेतमा ३ गाउँपालिका तथा नगरपालिका प्रमुख, ४ वटा गाउँपालिका तथा नगरपालिकाको उपप्रमुख र ४३ वडामा गरेर २३७ जनप्रतिनिधिले स्थानीय तहको निर्वाचन जितेका थिए । 

सुर्खेतमा वडाध्यक्ष ५ जना कार्यपालिका तथा अन्य वडा सदस्य गरेर जम्मा १५ जनाले एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।  

जाजरकोटमा ३ गाउँपालिका तथा नगरपालिका प्रमुख, ३ वटा गाउँपालिका तथा नगरपालिकाको उपप्रमुख, २९ वडा अध्यक्ष गरेर १३९ जनप्रतिनीधि विजय भएका थिए । त्यसमध्ये २ जना वडाध्यक्षले मात्रै एकीकृत समाजवादीमा सनाखत गरेका छन् । 

हुम्लामा १ गाउँपालिका अध्यक्ष, ३ जना उपाध्यक्ष १० जना वडा अध्यक्ष गरेर ५० जना एमालेबाट विजयी भएका थिए । त्यसमध्ये जिल्ला समन्वय समिति सदस्य १ जना अन्य वडा सदस्य गरेर जम्मा ५ जनाले सनाखत गरेका छन् । 

रुकुमपश्चिममा दुई वटा वडामा वडा अध्यक्षसहित ९ जना एमालेबाट विजयी भएका थिए । त्यसमध्ये वडा अध्यक्ष १ जना अन्य वडासदस्य गरेर जम्मा ३ जनाले एकीकृत समाजवादीमा सनाखत गरेका छन् । 
 
 

  • प्रकाशित मिति : भदौ २८, २०७८ साेमबार ९:२२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया