कतारका विदेशमन्त्री तथा उपप्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अलथानी भ्रमणको सिलसिलामा अफगानिस्तानको राजधानी काबुल पुगेका छन् ।
काबुल पुगी उनले प्रधानमन्त्री मुल्ला मोहम्मद हसनसँग भेटघाट गरेका छन् । अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि यो वरिष्ठ विदेशी प्रतिनिधिको पहिलो भेट हो।
शेख मोहमम्दले पूर्वराष्ट्रपति हामिद करजई र पूर्व सिइओ अब्दुल्ला अब्दुल्लासँग पनि भेटेका छन् ।
विदेशीमन्त्री र प्रधानमन्त्रीबीच द्विपक्षीय सम्बन्ध, मानवीय सहायता, आर्थिक विकास लगायतका क्षेत्रमा विचार विमर्श गरेको अफगानी मिडियाले जनाएका छन्।
विश्लेषकहरू कतारी विदेशमन्त्रीको यो भ्रमणले अफगानिस्तानको वर्तमान राजनीतिक अस्थिरता देखाएको बताउँछन् ।
यसभन्दा पहिला विदेशमन्त्रीले टर्की र पाकिस्तानको भ्रमण गरेका थिए ।
कतारले लामो समयदेखि तालिबान र अमेरिकाबीच मध्यस्थकर्ताको भूमिका निभाउँदै आइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।