सभामुखले बोलाएको सर्वदलीय बैठकमा ओली उपस्थित नहुने

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नजाने भएका छन् । 

प्रतिनिधिसभाको नवौं अधिवेशनमा एमालेले निरन्तर अवरुद्ध जारी राखेपछि सभामुख सापकोटाले आज दिउँसो साढे २ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । बैठकमा दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाइएको सभामुखको सचिवालयले जानकारी दिएको छ । 

यद्यपि एमाले अध्यक्ष ओली भने बैठकमा उपस्थित नहुने भएका हुन् । नेकपा कालीन समयदेखि नै सभामुख सापकोटासँग ओली असन्तुष्ट छन् । ओलीले बोलाएको संवैधानिक परिषद्को बैठकलाई सभामुख सापकोटाले बहिष्कार गरेपछि ओली सापकोटासँग रुष्ट भएका थिए । एमाले नेता सुवास नेम्वाङले अध्यक्ष ओली बैठकमा सहभागी नहुने जानकारी आएको बताए ।

निरन्तर संसद अवरुद्ध भएपछि पनि सभामुखले दलहरूसँग परामर्श नगरेको भन्दै एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै आएको छ । 

एमालेको अवरोधकाबीच प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट सरकारले सदनमार्फत प्रस्तुत गरिसकेको छ । तर, एमालेले भने नयाँ बजेट ध्वसांत्मक भएको टिप्पणी गरेको छ ।





  • प्रकाशित मिति : भदौ २८, २०७८ साेमबार १०:५०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया