टुटेपछि बाघ भइन् पूजा शर्मा

अभिनेत्री पूजा शर्माले आफूले आफैलाई बाघको संज्ञा दिएकी छन् । उनले उनका प्रिय निर्देशक सुदर्शन थापाले अर्की मोडल सुप्रिया कटुवालसँग लगनगाँठो कस्ने पक्का गरेपछि यस्तो अभिव्यक्ति दिएकी हुन् ।

पटक-पटक पूजा र सुदर्शनको नाम जोडिँदै आएकाे थियो । सुदर्शनले नै अभिनेत्री बनाएकी पूजा र सुदर्शनका प्रेमका किस्सा लामो समय गसिप बजारका मसला बने । त्यसपछि फिल्म प्रचारका क्रममा विभिन्न अभिनेतासँग पूजाको नाम जोडियो । उनीहरूसँगको ब्रेकप पनि नेपाली मिडियाका समाचार बने ।

तर, सुदर्शनसँग भने पूजाको मनमुटावको खबर बाहिर आएन । सुदर्शनका हरेक फिल्ममा नायिका पूजा नै बनिरहिन् । अन्ततः सुदर्शनले पूजालाई निम्तो नै नगरी सुप्रियासँग इन्गेज्मेन्ट गरे । इन्गेज्मेन्टपछि टेलिभिजन कार्यक्रम ‘रजतपट’मा पुगेका सुदर्शनलाई प्रस्तोताले पूजाका बारेमा सोध्दा सुप्रियाले डाकछोप गर्दै इन्गेज्मेन्ट कार्यक्रम आफ्नो तर्फबाट राखेको बताएकी थिइन् ।

यता मुन्द्रेको कमेडी क्लबमा पुगेकी पूजा शर्माले भने आफू बाघ भएको अभिव्यक्ति दिइन् । चलचित्र उद्योगमा आएको छोटो समयमै पूजाको नाम आकाश श्रेष्ठ, सुदर्शन थापा र पल शाहसँग जोडियो । सुदर्शनले पनि इन्गेज्मेन्ट गरेपछि पूजालाई ‘तपाईंलाई सबैले छोडे तपाईं एक्लो भएको हो ?’ भनेर प्रश्न गरिएको थियो ।

उक्त प्रश्नको जवाफमा पूजाले भनेकी छिन्, ‘म बाघ हुँ । म निडर छु । म कसैको भरमा पनि बस्दिन । कसैले केही गर्देला भन्ने मलाई आश नै छैन । मलाई कोही पनि चाहिँदैन ।’ 

पूजाले चलचित्र प्रमोसनका लागि मात्रै आफूलाई उनीहरूको साथ चाहिएको समेत बताएकी छिन् ।
 





  • प्रकाशित मिति : भदौ २८, २०७८ साेमबार ११:१५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया